IME Life

बीमा रकमको टुंगो नलाग्दा फुचाङको शव उठेन, गौशाला प्रहरी कार्यालय घेराऊ

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । गत आइतबार राति सिनामंगल–तीनकुने सडकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिने टिपरका धनीले घाइतेको उपचार नगरेको तथा मृतकका परिवारसँग भेटघाट गर्न नमानेपछि पीडितका आफन्तले आज गौशाला प्रहरी कार्यालय घेराऊ गरेका छन् । टिपरधनीले मृतकका आश्रित परिवारलाई दिइने बीमा रकमको सम्बन्धमा कुनै निर्णय गर्न नमान्दा शव समेत उठाउन नपाएर आक्रोसित बनेका आफन्तहरु गौशाला प्रहरी कार्यालयमा पुगेर धर्ना दिएका हुन् ।

घटनास्थलमै मृत्य भएका फुचाङ भोटेको शव टिचिङ हस्पिटल अलपत्र परेको तीन दिन भइसकेको छ । तर, प्रहरीले आफन्तलाई शव जिम्मा लगाउने प्रयोजनका लागि दुघटनामा संलग्न टिपरका मालिकलाई उपस्थित गराउन नसकेपछि पीडितका आफन्तले मंगलबार मध्यान्हदेखि गौशाला प्रहरी कार्यालयमा घेराऊ गरिरहेका छन् ।

Crest

मंगलबार मध्यान्हसम्म टिपर धनी झिकाउने प्रतिबद्धता जनाएको गौशाला प्रहरी कार्यालयका प्रहरी अधिकारी नै टिपरधनीसँग मिलेको आरोप पीडित पक्षको छ । पीडित पक्षसँग वार्ता गर्ने भन्दै सोमबार विहानदेखि प्रहरी चौकीमा पर्खिरहेका आफन्तहरु आक्रोसित बन्दै धर्ना बसेका हुन् । दुई पक्षलाई झिकाएर वार्ता गराउन प्रहरी असफल भएपछि आक्रोसित मानिसहरुले गौशाला प्रहरी कार्यालयको मूलगेटमा धर्ना दिई सेवाग्राहीलाई भित्र प्रवेश दिएका छैनन् । मूल गेट नै अबरुद्ध हुँदा सँगै रहेको ट्राफिक प्रहरी कार्यालयमा लाईसेन्स लगायत सवारी कारवाहीमा परेकाहरुले कागजात लिन पाएका छैनन् ।

प्रहरीले घटनामा संलग्न टिपरको कागजात समेत प्राप्त नगरेको गौशालाका एक प्रहरी अधिकारीले जनाए । टिपरको तेस्रो पक्ष बीमा छ छैन समेत खुल्न सकेको छैन । घटनामा घाइते भएका दुई जनाको उपचारमा समेत समस्या भएको पीडितहरुले बताए ।

नेपालको सवारी ऐन अनुसार तेस्रो पक्ष बीमा अनिवार्य गरिएको छ । दुर्घटनामा उपचार खर्च तथा मृत्यु भएमा पाँच लाख रुपैयाँ बीमा दावी भुक्तानी दिने गरी कार्यविधि बनाई लागू भइसकेको छ । आइतबार दुर्घटना भएको टिपरको बीमा पोलिसी ल्याई पीडित पक्षलाई उपलब्ध गराउने सम्बन्धमा कागजात गर्न टिपर धनीले नमानेको जनाइएको छ ।

अन्य दुई जना गम्भिर घाइते छन् भने तीन वटा मोटरसाइकल कामै नलाग्ने गरी क्षति भएको छ । संलग्न टिपरलाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको छ । सो घटनामा करिब २० लाख रुपैयाँ बीमा दावी पर्ने देखिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS