काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । १००० रुपैयाँमा उक्त खाता खोल्न सकिनेछ । खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ ।
उक्त खाता खोल्ने खातावालले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छन् ।
त्यसैगरी, लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टि्फिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने छन् भने नि:शूल्क एस.एम.एस्, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाहा बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।