काठमाडौं । सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ योजनामा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले पहिलो चरणको तोकिएको समयमा साउन २७ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय लम्ब्याइएको थियो । आवेदन दिने लम्ब्याइएको समय पनि आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले साउन २३ गते बाट १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री खुला गरेको थियो । यसमध्ये १५ प्रतिशत (२ करोड १० लाख) इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरीएको हो ।
सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।