IME Life

बीमाङ्कीय मूल्याङ्कन अघि नै जीवन बीमा कम्पनीहरुको खुद नाफा तीन अर्ब ११ करोड

SPIL
NIC ASIA

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७५।०७६ मा खुद मुनाफा तीन अर्ब ११ करोड ७३ लाख ३९ हजार रुपैयाँ आर्जन गरेका छन् ।

Prabhu
Crest

१९ वटै जीवन बीमा कम्पनीले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको आधारमा गणना गर्दा तीन अर्ब ११ करोड मुनाफा देखिए पनि जीवन बीमा कम्पनीहरुको मुनाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ । विगतका बर्षहरुको अभ्यास हेर्दा ५० देखि ६० प्रतिशतसम्म बृद्धि भई कूल मुनाफा पाँच अर्ब नाघ्ने विश्लेषण गर्न सकिन्छ ।

२०७५/७६ चौथौ त्रैमासको अन्यसम्ममा १९ कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार हेर्ने हो भने यस बर्ष पनि नेपाल लाईफ नै अग्रस्थानमा रहेको छ ।

सो कम्पनीले असार मसान्तसम्ममा ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको खुद मुनाफा ५२ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यद्यपि नेपाल लाईफको मुनाफा बीमाङ्कीय मूल्याङ्कन पश्चात एक अर्ब नाघ्ने निश्चित रहेको देखिन्छ ।

त्यस्तै आर्जित मुनाफाको आधारमा दोस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको खुद नाफा आर्जन १२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा २९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तेस्रोमा भने मेट लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा ३१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको तुलनामा कम्पनीको खुद मुनाफा ४४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चौथौमा प्राईम लाइफ इन्स्योरन्स कम्पनी रहेको छ । कम्पनीको खुद मुनाफामा ४४ प्रतिशतले वृद्धि आएको छ । कम्पनीले २०७५।७६ को चौथौ त्रैमासको अन्त्यसम्म ३१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सूर्या लाईफको खुद मुनाफा ७२ प्रतिशतले बढेर २० करोड ८६ लाख रुपयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १२ करोड १२ लाख रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरको थियो । रिलायब लाईफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ५३ प्रतिशतले बढेर १९ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सिटिजन लाईफको खुद मुनाफा ६७ प्रतिशतले बढेर १४ करोड ४ लाख रुपैयाँ, लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी)को खुद मुनाफा ८८ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

स्रोत: बीमा कम्पनीहरुले प्रकाशन गरेको चौथौ त्रैमासको वित्तिय विवरण । रकम रु (हजारमा)

असार मसान्तसम्ममा ज्योति लाईफले १२ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमो १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

सबैभन्दा ढिला वित्तीय कारोबार सुरु गर्ने महालक्ष्मी लाईफले असार मसान्तसम्म पाँच महिना कारोबार गरेर ११ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अन्त्यससम्म्मा खुद मुनाफा ५ प्रतिशतले बढेर १० करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सन नेपाल लाईफले खुद मुनाफा २५ प्रतिशत बढाएर १० करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै युनियन लाईफ इन्स्योरेन्सको खुद नाफा २९ प्रतिशतले बढेर ९ करोड ९३ लाख रुपैयाँ, सानिमा लाईफको खुद नाफा ४० प्रतिशतले बढेर ८ करोड ९१ लाख रुपैयाँ, गुराँस लाईफको खुद नाफा ९० प्रतिशतले ७ करोड ६४ लाख रुपैयाँ, एशीयन लाईफको खुद नाफा २६ प्रतिशतले बढेर ५ करोड ८२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थानले असार मसान्तसम्ममा ५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा कम्पनीले १ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । खुद नाफाको आधारमा हेर्ने हो भने कम्पनीले खुद मुनाफामा उल्लेखनीय सुधार ल्याएको छ।

चौथौ त्रैमासको अन्त्यसम्ममा प्रभु लाईफले तीन करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीको खुद मुनाफा ११ प्रतिशतले घटेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले चार करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

त्यस्तै असार मसान्तको अन्त्यसम्ममा सबैभन्दा थोरै मुनाफा आर्जन गर्ने कम्पनीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा दुई करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत बर्षको तुलनामा कम्पनीको खुद मुनाफा ६३ प्रतिशतले घटेको हो । कम्पनीले गत बर्षको सोही अवधिमा सात करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

जीवन बीमा कम्पनीको हकमा नाफा घटेको देखिएपनि बीमांकीय मूल्याङकनपछि बास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढि जोखिम देखिए नाफा अझै घट्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS