काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ० दशमलव ४२ अंकले बढेको छ ।कुल १६१ कम्पनीको १२ लाख ७० हजार कित्ता २९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।
टेड्रिङ, विकास बैंक, फाइनानन्स र अन्य क्षेत्रबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ० दशमलव ७५ अंकले घटेको छ ।
सोल्टी होटल कम्पनीको ४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ७३ अंकले बढेको छ ।
साथै यस दिन गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ५ अंकले घटेको छ ।