IME Life

नेपाल पुनर्बीमा कम्पनीको कारोबार ३० देशमा फैलियो

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल बाहेक ३० वटा देशमा व्यापार सञ्जाल विस्तार गर्न सफल भएको छ । स्थापनाको छोटो अवधीमा नै कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा व्यापार विस्तार गर्न सफल भएको हो ।

नेपालमा पुनर्बीमा कम्पनी नहुँदा भारत वा तेस्रो देशमा रहेका पुनर्बीमा कम्पनीमा पुर्नबीमा गर्न नेपाली बीमा कम्पनीहरु बाध्य थिए । अहिले नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएपछि सानो–सानो बीमाका लागि पनि विदेशी पुनर्बीमा कम्पनीको मुख ताक्नुनर्पे अवस्थाको अन्त्य भएको छ ।

Crest
Meta Holidays

विस २०७१ कार्तिक २० गते स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले छोटो अवधीमा नै विश्वका धेरै देशसँग कारोबार गर्न सक्ने हुनु बीमा व्यापार विस्तारको राम्रो सम्भावना देखिएको छ ।
गत वर्ष काठमाडौंमा सम्पन्न विकासशील राष्ट्रहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको २१ औं सम्मेलन पश्चात नेपाल पुनर्बीमा कम्पनीको व्यापार विस्तारमा ठूलो सहयोग पुगेको छ । सो सम्मेलनमा विभिन्न १८ देशका चार सयभन्दा बढि बीमा प्रतिनिधिहरु सभागी थिए ।

एशियाली मुलुकहरु मात्रै नभएर उत्तर अमेरिकी राष्ट्र भेनेजुयलामा समेत नेपाल पुनर्बीमा कम्पनीको व्यापार विस्तार भएको देखिएको छ । त्यस्तै युरोपको टर्कीमा पनि व्यापार गर्न सक्नुले नेपाल पुनर्बीमा कम्पनीको व्यापार विस्तार भएको छ । नेपाल पुनर्बीमा कम्पनी अण्डरराईटिङ शाखाकी बरिष्ठ सहायक सरिता श्रेष्ठले दिएको जानकारी अनुसार अहिले कम्पनीको व्यापार बिस्तार ३० वटा देशमा फैलिईसकेको छ, ति देशहरुबाट धेरै वा थोर कारोबार भइरहेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार बहराईन, बगंलादेश, भुटान, कम्बोडिया, क्याम्रोन, दुवई, घाना, ग्यूनिया, भारत, इभेरी कोस्ट, केन्या, कुवेत, मलेसिया, मंगोलिया, म्यानमार, ओमान, पाकिस्तान, प्लेस्टाईन, भेनेजुयुला, भियतनाम र यमन, टर्की, तुर्मेकिस्तान, नाईजेरिया, पपुवान्यूगिनी गायतका गरी ३० वटा देशहरुका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका छन् ।

बीमा समितिको प्रावधान अनुसार बीमा कम्पनीहरुले आफूले गरेको बीमाको २० प्रतिशतको जोखिम बहनको अर्को कम्पनीमा पुनर्बीमा गराउनुपर्ने व्यवस्था छ । नेपाली बीमा कम्पनीहरुले अझै पनि पुनर्बीमा गराउनको लागि विदेशी कम्पनीमा जाने गरेका छन् । यद्यपि हवाई बीमा भने पुँजि नपुगेका कारण नेपाल पुनर्बीमा कम्पनीले गर्ने गरेको छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x