IME Life

नेको इन्स्योरेन्समाथि कारवाही गर्न बीमा समितिको आनाकानी

SPIL
NIC ASIA

काठमाडौं । त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्ने नेको इन्स्योरेन्समाथि कारवाही गर्न बीमा समितिले आनाकानी गरेको छ । बीमा समितिका सल्लाहकार भोजराज शर्मा र कानुन शाखा प्रमुख दिनेश लालले बीमा ऐन, आचार संहिता र सिद्धान्त अनुसार त्रुटीपूर्ण रहेको भनि ठहर गरेको कृषि विकास बैंकको ब्याङ्केट बैंकिङ बीमा पोलिसीमाथि कारवाही गर्न बीमा समिति मौन बस्दै आएको छ । सो सम्बन्धी समाचार इन्स्योरेन्स खवरले पटकपटक प्रकाशित गर्दै आएको छ ।

बीमा समिति सिंगो बीमा क्षेत्रको नियामक निकाय हो । बीमा कम्पनीहरुलाई बीमा कारोबारको लागि अनुमति दिने, नियमन गर्ने काम कर्तव्य र अधिकार पाएको बीमा समितिले यस क्षेत्रका गलत कामलाई नजरअन्दाज गर्दा सिंगो बीमा व्यवसायमाथि प्रश्न चिन्ह उठ्ने खतरा बढेको छ ।

Prabhu
Crest

बीमा समितिका कानुन अधिकृत दिनेश चन्द्र लालले समेत नेको इन्स्योरेन्सबाट कृषि विकास बैंकको नाममा जारी बीमालेख त्रुटीपूर्ण रहेको ठहर गरिसकेका छन् । बीमा ऐन अनुसार त्रुटीपूर्ण बीमालेख जारी गर्ने माथि बीमालेख रद्द गर्ने, ३० हजार रुपैयाँसम्म जरिवना तथा कैदको सजाय हुनसक्ने व्यवस्था छ ।

तर, उल्टै बीमा समितिले त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्नेलाई कारवाही गर्नुको साटो पुरस्कृत गरेको छ । बीमा पोलिसी जारी गर्ने नेकोका तत्कालिन निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने सम्बन्धी प्रस्ताव बीमा समितिबाट गत साउन १२ गते नै स्वीकृति गरिएको छ । बीमा समितिकै स्वीकृतिमा खड्काले गत साउन २२ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् ।

तर, उता कृषि विकास बैंकको बीमा पोलिसी के गर्ने भन्ने सम्बन्धमा नियामक निकाय समेत मौन रहँदा कृषि विकास बैंकमा कुनै भवितव्य परिहालेमा त्यसको जोखिम बहन कसले गर्ने हो ? गम्भिर प्रश्न चिन्ह खडा हुन पुगेको छ ।

प्राईस कटिङ गरी अजोड इन्स्योरेन्सले पेश गरेको प्रस्ताव मन्जुर गरी नेको इन्स्योरेन्सले भुकम्प, बाढी तथा तुफान र हुण्डरीबाट क्षति पुगेमा सो को समेत जोखिम बहन गर्ने भन्ने व्यहोरा पोलिसीको नोट खण्डमा लेखी प्रिमियम नलिई पोलिसी जारी गरेको थियो । त्यस्तो पोलिसी खारेज हुने बीमा समितिको भनाई छ । तर, हालसम्म पनि खारेज नहुँदा नियामक निकायमाथि नै प्रश्न चिन्ह उठ्न सक्ने र यसले गलत अभ्यासलाई प्रश्रय मिल्ने देखिन्छ ।

एउटा बीमा कम्पनीको पोलिसीमा अर्को कम्पनीले मन्जुर गरेको शर्त बमोजिमको जोखिम बहन गर्ने भन्ने व्यहोरा उल्लेख हुनु सिंगो बीमा क्षेत्रकै उपहास भएको बीमा बिज्ञहरुको दावी छ । सिंगो बीमा व्यवसायलाई नै बद्नाम गर्ने गरी भएको कृषि विकास बैंकको बीमा पोलिसी रद्द गर्नेतर्फ बीमा समितिले हालसम्म कुनै पनि कदम नचाल्नु नियामक निकायको सक्षमतामाथि नै प्रश्न चिन्ह उठेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS