IME Life New

त्रुटीपूर्ण पोलिसी जारी गर्ने नेकोमाथि कस्तो कारवाही हुन्छ? के भन्छन् बीमा समितिका कानुन अधिकृत ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्ने नेको इन्स्योरेन्स माथि कस्तो कारवाही हुन्छ ? यतिबेला यो विषय आम चासोको विषय बनेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्ने नेको इन्स्योरेन्समाथि बीमा ऐन २०४९ अनुसार कारवाही गर्न सकिने जनाएको छ ।

बीमा ऐन २०४९ को दफा २७ को विरुद्ध गई नेको इन्स्योरेन्सले बीमा पोलिसी जारी गरेकाले सोही ऐन बमोजिम जरिवाना तथा बीमा पोलिसी रद्द हुनसक्ने छ । त्यस्तै सोही ऐनको दफा ३६ ले ३० हजार रुपैयाँ जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

Esewa
Crest

 

बीमा समितिका कानुन शाखाका निर्देशक दिनेश कुमार लालले उक्त बीमा पोलिसी रद्द गर्न आदेश दिने वा कम्पनीमाथि जरिवना गराउन सक्ने बताए । इन्स्योरेन्स खवरसँग प्रतिक्रिया दिँदै लालले भने, ‘यो कुरा हाम्रो नोटिसमा आयो, कारवाहीको लागि सिफारिस भई आएमा हामी बीमा ऐन अनुसार कारवाही गर्छौं । यो त अनइथिकल नै पनि भयो । यस्तो कुरालाई बीमा समितिले स्वीकार गर्न सक्दैन । बीमा लेखमै यस्तो खालको गलत अभ्यासलाई हामी निरुत्साहित गर्छौं ।’ निर्देशक लालले भने, अर्काको कम्पनीको शर्त अनुसारको जोखिम बहन गर्छौ भनेर भन्नु पूर्ण रुपमा गतल हो, अर्को कुरा प्रिमियम नतिरीकन कुनै पनि जोखिमको दायित्व बहन गर्नु बीमाको सिद्धान्त विपरित हो ।’ बीमा समितिमा नेको इन्स्योरेन्सले जारी गरेको त्रुटीपूर्ण बिमालेखको सम्बन्धमा कुनै छलफल नभएको जनाइएको छ ।

इन्स्योरेन्स खवरले कृषि विकास बैंकको ब्लाङ्केट बीमा अन्तर्गत बीमा प्रिमियम बुझेर नेको इन्स्योरेन्सले अर्कै बीमा कम्पनीको शर्त बमोजिम भुकम्प, बाढी, आँधी तथा तुफान समेतको बीमा जोखिम बहन गर्ने गरी पोलिसी जारी गरिएको सम्बन्धमा समाचार प्रकाशन गरेको थियो

कृषि विकास बैंकद्वारा अबैध बीमा पोलिसीलाई कायम राख्न दवाव

उक्त समाचार प्रकाशन भएपछि कृषि विकास बैंकले बीमा कम्पनीलाई बोलाएर त्रुटिपूर्ण बीमा पोलिसी रद्द नगर्न दवाव दिएको थियो भने बीमा पोलिसी जारी गर्ने नेको इन्स्योरेन्सले उक्त त्रुटीपूर्ण बीमा पोलिसी रद्द गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS