IME Life New

कृषि विकास बैंकद्वारा अबैध बीमा पोलिसीलाई कायम राख्न दवाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले बीमा ऐन विपरित गरिएको बीमा पोलिसीमा भूकम्प तथा बाढी, पहिरो तथा तुफानको जोखिम बहन गर्न दवाव दिएको छ । इन्स्योरेन्स खवरमा समाचार प्रकाशित भएपछि बुधबार कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा चार वटा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर सोही बीमा लेखमा उल्लेख भए बमोजिमकै बीमालेखबाट बीमा नियम अनुसार कभर हुनै नसक्ने जोखिम बहन गर्न दवाव दिएको छ ।

कृषि विकास बैंकका अधिकृत अजय रिमाल सहितले बुधबार नेको इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्यारेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर गत असार ३१ गते जारी गरिएको बीमा पोलिसीमा भूकम्प तथा बाढी, आँधी तुफानको जोखिम बहन गर्न दवाव दएको खुलेको छ ।

Esewa
Crest

कृषि विकास बैंकका प्रबक्ता हिमलाल पौडेलले चार वटै बीमा कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरेर सेटलमेन्ट भइसकेको बताए । तर, इन्स्योरेन्स खवर सूत्रका अनुसार कृषि विकास बैंकका अधिकारीहरुले बीमा कम्पनीका प्रतिनिधिहरुलाई थर्काउदै पुरानै बीमा पोलिसी कार्यान्वयन गर्न दवाव दिएका थिए । सूत्रका अनुसार बैंकमाथि अख्तियार वा अन्य नियमनकारी एजेन्सीले कारवाही गर्न सक्ने भएकाले थप रकम भुक्तानी गरेर बीमा जोखिम बहन गर्न नसक्ने भन्दै सोही पोलिसीमा भुकम्प, बाढी तथा तुफान कभर गर्न दवाव दिएका थिए ।

कृषि विकास बैंकले अजोड इन्स्योरेन्स कम्पनीको शर्त मन्जुर गरी नेको इन्स्योरेन्स कम्पनीलाई अजोडकै शर्त अनुसार बीमाको जोखिम बहन गर्ने गरी सम्झौता गरेको थियो ।

स्मरणरहोस्, नेको इन्स्योरेन्स कम्पनीका निमित्त कार्यकारी प्रमुख अशोक खड्काले कृषि विकास बैंकको नाममा जारी गरिएको बीमा पोलिसी बीमा नियम अनुसार नभई त्रुटी भएकाले खारेज गरिने जानकारी इन्स्योरेन्स खवरलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS