काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चौधौं बार्षिक सधारणसभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । शिखर बिज सेन्टर थापाथली काठमाडौंमा मगलबार सम्पन्न कम्पनीको १४ औं वार्षिक साधारण सभाले हकप्रद जारी गर्ने निर्णय पारित गरेको हो ।
कम्पनीको वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदनमान तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको जानकारी सधारणसभा दिइएको थियो ।
बीमा समितिले लागू गरेको लेखामानको एनएफआरएस विधि अनुसार जगेडा कोषमा रकम दाखिला गर्नु परेको जानकारी व्यवस्थापन समितिले सधारणसभामा जानकारी गराएको थियो । कम्पनीको हालको पुँजी एक अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । हकप्रद पश्चात एक अर्ब ३७ करोड ४५ लाख ३ हजार चुक्तापुँजी पुग्नेछ ।