IME Life

सात बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षकै सधारणसभा गर्न सकेनन्

SPIL
NIC ASIA

काठमाडौं । हाल नेप्सेमा सूचिकृत कूल २२ वटा बीमा कम्पनीहरुमध्ये सात वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/०७५ को सधारणसभा गर्न सकेका छैनन् । नयाँ खुलेका कम्पनीहरु नेप्सेमा सूचिकृत नै हुन बाँकी छन्  ।

कम्पनी रजिष्टार कार्यालयले नियमन गर्ने कम्पनी ऐन २०६३ अनुसार २०७५ पुस मसान्तमित्रैमा सम्पन्न गरिसक्नुपर्ने सधारणसभा अझै सात वटा बीमा कम्पनीले गर्न नसकेका हुन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले पूरा गर्नुपर्ने मापदण्ड एनएफआरएस र एक्चुरियल भ्यालुएशसनका कारण बीमा कम्पनीहरुको बार्षिक सधारणसभा अन्य वित्तिय संस्थाको तुलनामा एक वर्ष ढिला हुने गरेको छ । तर, सात वटा बीमा कम्पनीहरुले एनएफआरएसको कारण देखाउँदै सधारणसभा निकै पछाडि धकेलेको छन् । पछाडि धकेल्दा दुई वर्ष नाघिसक्दा समेत सधारणसभाको मिति घोषणा गर्न नसक्ने अवस्थामा पुगेको छ ।

यस बर्ष एनएफआरएसको कारण देखाउदै सधारणसभाको मिति तय गरेका अधिकांश कम्पनीहरुले समेत शेयरधनीहरुलाई लाभांस नदिने घोषणा गरेका छन् । केही बीमा कम्पनीहरुले भने यस बर्ष एनएफआरएसको कारणले गर्दा ढिला भएको र अर्को बर्ष एकैपटक लाभांस दिने जनाएका छन् । यस बर्ष सगरमाथा इन्स्योरेन्स कम्पनीले अघिल्लो बर्षको लाभांस समेत थप गरेर शेयरधनीलाई ८६ प्रतिशत लाभांश दिएको छ ।

नेप्सेमा ७ जीवन बीमा र १५ निर्जीवन बीमा गरी २२ वटा बीमा कम्पनीहरु सूचिकृत छन् । जसमध्ये ३ जीवन बीमा र ५ निर्जीवन बीमा गरी ८ कम्पनीहरुले मात्रै साधारण सभा सम्पन्न गरेका हुन् ।

जीवन बीमातर्फ नेपाल लाइफ र सूर्या लाइफ गरी २ वटा जीवन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७४।७५ को साधारणसभा सम्पन्न गरेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले साउन २४ गते साधारणसभा आह्वान गर्ने भएको छ । यस्तै एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र नेशनल लाईफ इन्स्योरेन्सले अहिलेसम्म २०७४।०७५ को साधारण सभा बोलाउन सकेका छैनन् ।

यता नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरु मध्ये सगरमाथा, सिद्धार्थ, आईएमई जनरल, प्रिमियर, प्रभु गरी पाँच वटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने शिखर, लुम्बिनी जनरल, पु्रडेन्सियल र हिमालयन जनरल, नेको इन्स्योरेन्स ,नेपाल इन्स्योरेन्सले साधारण आह्वान गरिसकेका छन् ।

एनएलजी इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने अहिले सम्म साधारण सभा बोलाउन सकेका छैनन् । त्यस्तै नयाँ खुलेका कम्पनीहरु मध्ये निर्जिवन बीमामा अजोड र सानिमा जनरल इन्स्योरेन्सको सधारणसभा सम्पन्न भइसकेको छ । नयाँ कम्पनीहरुको आईपिओ समेत जारी हुन बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS