काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा कुवेतमा मृत्यु भएका बागलुङका ताराबहादुर विकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिना र नायब महाप्रबन्धक केशवराज केसीले मंगलबार आयोजित कार्यक्रमका बीच बीमांक बापतको १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले मंगलवार मृतकका बुबा देवबहादुर विक र श्रीमती भूमाकुमारी विकलाई सो चेक हस्तान्तरण गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।
ताराबहादुरले गत फागुनमा उक्त कम्पनीमार्फत १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । गत असार २० गते कुवेतमा उनको असामयिक निधन भएको थियो ।