काठमाडौं । मुक्तिश्री सिमेन्टलगायतका विभिन्न उद्योगहरु सञ्चालन गर्दै आएका उद्यमी अरुणराज सुमार्गीले त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुलाई क्लास लिएका छन् । हाऊ बिजनेशम्यान डिल वीथ (उद्यमीले सम्बन्ध कसरी राख्ने) शिर्षकमा सुमार्गीले पोष्ट ग्रयाजुयट डिप्लोमा तहका विद्यार्थीलाई क्लास लिएका हुन् ।
काउन्सेलिङ साईकोलोजीका विद्यार्थिहरुलाई पूर्वीय दर्शनको संस्कार अनुसार नेपालका उद्यामीहरुले कसरी सम्बन्ध राख्दछन्, अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास कस्तो छ भन्ने विषयमा क्लास लिएको सुमार्गीले बताए । कूल ८० जना विद्यार्थीहरु रहेको कक्षामा निकै रुचिपूर्वक अन्तरक्रियामा सहभागी भएको सुमार्गीले बताए ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मुलुककै जेठो क्याम्पस त्रिचन्द्रमा उद्यमी, व्यवसायी, आर्केटेक्ट, सरकारी कर्मचारीहरु समेत रहेको कक्षामा पढाउँदा रोमाञ्चक अनुभूति गरेको सुमार्गीले बताए ।
सो क्लासमा समग्र शिक्षा प्रणालीको सुधार नगरे सम्म समाजमा आर्थिक र सामाजिक सुधार नहुने उद्यमी व्यवसायीहरुलाई हरेक कोणबाट दक्ष नबनाएसम्म अन्तर्राष्ट्रिय व्यापारमा फड्को मार्न नसकिने धारणा राखेको बताए ।
रुपचन्द्र विष्टको थाहा विचार तथा पूर्वीय दर्शनका पछिल्लो पुस्ताका अनुयायी योगी नरहरीनाथबाट प्रभावित भएको बताउनै सुमार्गीले पूर्वीय दर्शन र चार बागका बारेमा अध्यापन गरेको बताए । इन्स्योरेन्स खवरसँग प्रतिक्रिया दिँदै उनले भने, ‘जसरी विषयलाई गहनतापूर्वक लिए, त्यो गज्जब मज्जा आयो ।’ क्लासमा सहभागी ८० जना विद्यार्थीहरु मध्ये ६५ प्रतिशत मानिसले सुमार्गीले सुनेको पाएको बताए ।