IME Life

जीवन बीमाको विकृतिः भारतबाट नेपाल भित्रदै

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय नेपालको रौतहट बाबुले आफ्नी छोरीको हत्या र पोखरा श्रीमानबाटै श्रीमतीको हत्या गरेको घटनाले सिंगो बीमा क्षेत्रलाई नै झस्कायो ।

भारतमा सिना बोरा हत्याकाण्ड निकै प्रख्यात छ । सन् २०१२, अप्रिल १२ मा भएको सो काण्ड सिना बोराको हत्यापछि बीमा कम्पनीबाट मृत्युदावी भुक्तानी बापत ठूलो रकम उनकी आमाले बुझेको जीन्यूजमा उतिबेलै समाचार बनेको थियो ।

Prabhu
Crest

त्यस्तै, भारतकै उत्तरखण्डमा सन् २०१८ जुलाई २४ मा आकाश ठक्करले बीमा दाबीको लोभमा आफ्नी ३० वर्षीया श्रीमती ठक्करको हत्या गरिदिएका थिए । ६० लाख डलरको बीमा पैसा कमाउन आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा आकाशलाई पुलिसले प्रकाउ गरेको थियो । उक्त घटनामा भएको कारण मेटाउन कुनै पोस्टमार्टम बिना उनको दाहसंस्कार गरेका थिए ।

बीमा दावी रकम लिनकै लागि श्रीमतीलाई विष खुवाएर मारेपछि उनले बीमा कम्पनीमा उनको स्वाभाविक मृत्यु भएको भन्दै बीमा रकम दावी गरेक थिए । तर प्रहरी अनुसन्धान पछि उनी हत्याका अभियुक्त रुपमा मुद्दा चलिरहेको भारतीय सञ्चार माध्यम हिन्दुस्तानमा उल्लेख छ ।

नेपालमा अहिले डरलाग्दो प्रवृत्तिको रुपमा देखिएको जीवन बीमा गरी हत्या गर्ने प्रवृत्ति भारतबाट नेपाल भित्रेको अनुमान गरिएको छ । यसले सिंगो जीवन बीमा क्षेत्र नै प्रभावित हुने जोखिम रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

अझ इच्छाइएको व्यक्ति आफै आफन्तको मृत्यृ बीमा दावीको ज्यानै लिने अपराधमा संलग्न हुँदा बीमा दावी रकम पाउने त परको कुरा उल्टै कानुन बमोजिम जेल जीवन बिताउनुपर्ने छ । बीमाको नियम अनुसार मृत्यु बीमा दावीको लागि इच्छाइएको व्यक्तिबाट हत्या भएको हुनुहुँदैन ।

शीना बोरा हत्याकाण्डको वास्तविक उद्देश्य अध्ययन पश्चात् बीमा कम्पनी अलमल्लमा परेको थियो । शीना बोराको परिवारले मृत्यु भएको कारण बीमा कम्पनीमा दाबी माग्न गएका थिए । तर कम्पनीले विस्तृत रुपमा अध्ध्यन गर्दा हत्या भएको कारण पत्ता लगाएपछि दाबी नदिने निर्णय गरेको थियो ।

नेपाली बीमा बजारमा पनि यस्ता घटना नदोहोरीयोस् भन्नको लागि बीमा समितिले पनि यस बिषयमा छलफल पनि गरेको थियो । बीमा समितिमा केही समय अघि पोखरा र रौतहटमा घटेको घट्नाको सम्बन्धमा सुक्ष्म अध्ययन गर्नुपर्ने, बीमा पोलिसीमा कुनै समस्या छरछैन भन्ने विषयमा निष्कर्ष निकालिएको छ । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । भारतमा २४ वटा कम्पनीहरु रहेका छन् ।

रौतहटमा आफनौ छोरीको हत्या
रौतहटको मौलापुर नगरपालिका –६ पथरा बुधरामका रामकिशोर यादवले २५ लाख रुपैयाँ बीमा दाबीको लोभमा आफनौ सन्तानको हत्या गरेका थिए ।

बीमा गरेको एक महिना नबित्दै बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेको कारण यसैको प्रलोभनमा परि उनले ४ बर्षिय छोरी ल्रक्ष्मी कुमारी यादवको हत्या गरेको यादवले स्वीकारेका छन् ।

गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए ।

बीमा प्रलोभनमा श्रीमतीको हत्या

यही साउनको पहिलो साता पोखरा रामबाजमा रमेश नेपालीले एक करोड रुपैयाँ बीमा दाबीको प्रलोभनमा परि आफनौ श्रीमतीको हत्या गरेको थियो । लक्ष्मी नेपालीलाई भारतीय भाडाका अपराधीहरुलाई लगाई नजिकैको जंगलमा लगि हत्या गरेर आफैले प्रहरीमा उजुरी दिई बेपत्ता भएको र खोजविनको लागि आग्रह गरेका थिए ।

भारतमा बीमाको डरलाग्दो विकृति

सन् २०१९ मे २१ को द इकोनोमिक टाईमसका सवांददाता संजीव सिन्हाले भारतमा बीमामा बढ्दो ठगी प्रकरणहरू सबै सरोकारवालाहरूको लागि चिन्ताको विषय उठाएको थियो ।

वास्तवमा  बीमा ठगी प्रकरणहरू बिमा क्षेत्रलाई हुने घाटा वार्षिक ३०,००० करोडभन्दा बढी हुने अनुमान गरिएको छ । भारत अध्ययन अनुसन्धान केन्द्र फेरेन्सी स्टडीजले जनाएको छ ।

एक अनुमान अनुसार भारतीय सामान्य बीमा उद्योगले मात्र यस्तो ठगी प्रकरणहरू कारण एक वर्षमा २५००करोड र ३५०० करोड बीचको घाटा गुमाउन सक्ने चेतावनी दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS