लक्ष्मी बैंकको नयाँ शाखा भैसेपाटीमा

काठमाडौँ । लक्ष्मी बैंकले काठमाडौँको भैसेपाटीमा १११ औँ शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा संख्या १११ पुगेको छ ।  बैंकले २ एक्टेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर र १३३ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार