आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख २३ हजार ५ सय २५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो ।
लघुवित्तले उक्त शेयर असार १३ गतेदेखि लिलामीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लिलामीको बोलपत्र साउन १९ गत बिहान ११ बजे खोलिने राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार आरएमडीसीको सेयर लिलामी गर्न लागेको हो ।
लगानीकर्ताले आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दररेट स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।