धाउन र गाउन नसक्ने मान्छेहरु सफल अभिकर्ता बन्न सक्दैनन् –निनाम कुलुङ ‘मंगले’

1840

हुन त माथिको शीर्षकले के भन्न खोजेको हो ? झट्ट नबुझ्ने आम पाठकहरुले सो शीर्षक हेरेर/पढेर नकारात्मक सोच्न पनि सक्छन् । तर, गहिरिएर सोच्नेहरुले र, बीमा क्षेत्रमा त्यो पनि नेपाली जीवन बीमा क्षेत्रमा काम गरेका वा गर्दै गरेका अभिकर्ताहरुले भने सहजै अनुमान लगाउन सक्छन् कि, यो लेखको शीर्षकको आशय वा पेटबोली के हो ? भनेर ।

शीर्षकमै भनियो कि, “धाउन र गाउन नसक्नेहरु”ले सफल बीमा अभिकर्ता अर्थात् एजेन्ट बन्न सक्दैनन् । झन् नेपाल जस्तो जीवन बीमा फिटिक्कै नबुझेका सर्वसाधारण मानिसहरु धेरै भएको र केही पढालेखा र बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक धारणा राख्ने हाम्रो देश नेपालमा बीमा गराउन साह्रै गाह्रो काम हो । अझ पढालेखा र बुद्धीजीवीहरु भनिएका लाल बुझ्क्कड बुद्धीजीवीहरु जो जीवन बीमा लगायत समग्र बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेकाहरु त हुन् तर, पढालेखा र बुद्धीजीवीहरु भनिएका यी लाल बुझ्झक्कड बुद्धीजीवीहरुलाई नै जीवन बीमा गरौं न त ! भन्ने बित्तिकै परपर हुने, अभिकर्ताहरुले हजारौं पटक धाएर, दुःख गरेर बल्लबल्ल बीमितलाई बीमा गराएर अभिकर्ताले बीमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै २५/३० प्रतिशत कमिसन आउँछ होइन ? (कुनै पनि जीवन बीमा कम्पनीमा काम गर्ने अभिकर्ताहरुको मासिक वा निश्चित तलब हुँदैन ।) भनी प्रश्न गर्ने र कमिसन मात्रै देख्ने पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरु पनि हाम्रै देश नेपालमा छन् । अब यस्ता पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक हुन्छन्, उनीहरु नै नकारात्मक प्रतिक्रिया दिन्छन् ! भने कसको बाबुको के लाग्छ र ?

जीवन बीमाको इतिहास र महत्व : निनाम कुलुङ ‘मंंगले’

अझ कतिपय यस्ता पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरु त जीवन बीमा भनेपछि आफु  तर्कने मात्रै होइन, अभिकर्ताले जीवन बीमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसावले ‘ ए …, तिमीहरुलाई यसरी बीमा गराएवापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् । सूझो न बुजो टिकी  …….भने जस्तो ! कति वर्षे प्लान हो ?, कुन प्लान हो ?, कति रकमको बीमा गर्ने हो ? केही अत्तोपत्तो छैन, एकैचोटि २५–३० प्रतिशत कमिसन … !!! भनेपछि अरु बेला दुईवटा मात्रै आँखा हुने महादेवको पनि एकैचोटि २५–३० प्रतिशत कमिसन … !!! भनेको सुनेपछि सायद देवादि–देव महादेवको पनि ‘तीन–नेत्र’ हुने होला । अनि मान्छेको मन त झन् … बल्लतल्ल हजारौं पटक फोन गरेर र, कोठैमा÷घरैमा गएर फकाएको/मनाएको क्लाइन्ट त झन् के कम हुदो  हो ! ऊ, झन् नराम्रोसँग भड्किन्छ । ए … यसले मलाई … वर्षदेखि पिछा गरेको कारण त यसरी २५–३० प्रतिशत कमिशन खान पाउने रहेछ र पो … !!! स्मरणीय के छ भने, बीमा ऐन–२०४९ ले अभिकर्ताले आफुले बीमा गराएवापत समयावधि हेरेर कम्पनीबाट (बीमित/क्लाइन्टबाट होइन) ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कमिसन पाउने उल्लेख गरेको छ ।

कतिपय पढालेखा र लाल बुझझक्कड बुद्धीजीवीहरु जो जीवन बीमा भनेपछि आफु  तर्कने मात्रै होइन, अभिकर्ताले जीवन बीमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसावले ‘ ए …, तिमीहरुलाई यसरी बीमा गराएवापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् । सूझो न बुजो टिकी ट्यास–ट्या ………….. भने जस्तो ! उनीहरु आफु पनि जीवन बीमा भनेपछि नकारात्मक हुन्छन्, यस्ता पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरुबाट तर्किन नसक्ने, उस्तै परे उनीहरुसँग भड्किने अनि बीमा गर्न चाहने क्लाइन्टले बोलाएको समय र स्थानमा जान (धाउन) नसक्ने, बीमा गर्न चाहने क्लाइन्टले सोधेको प्रश्नको सही जवाफ दिन (गाउन) नसक्ने मान्छेहरु साँच्चै सफल अभिकर्ता बन्न सक्दैनन् ।

त्यसो त नेपालमा हालसम्म लगभग २ लाखको (यो मेरो अनुमान मात्रै हो, वास्तविक अभिकर्ता संख्याको धेरै टाढा पनि हुन सक्छ) हाराहारीमा बीमा अभिकर्ताहरु उत्पादन भैसकेका छन् । तर, प्रश्न छ, लगभग २ लाख अभिकर्ता मध्ये कति अभिकर्ताहरुले आफ्नै जीवन बीमा गरेका छन् ? कति अभिकर्ताले आपफ्नो परिवारको जीवन बीमा गरेका छन् ? कि कसो हौं, जीवन बीमा गराएर आफ्नो  र परिवारको जिन्दगीको रथ गुडाउँछु भनी सपना साँच्ने अभिकर्ता कमरेडहरु ???

धेरैजसो नेपालीले बुझ्न बाँकी जीवन बीमा – निनाम कुलुङ ‘मंंगले’

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्