IME Life

चार निर्जीवन बीमा कम्पनीका शेयरधनीले लाभांश नपाउने

SPIL
NIC ASIA

काठमाडौं । सञ्चालनमा रहेको २० वटा निर्जिवन बीमा कम्पनीहरु मध्ये चार वटा बीमा कम्पनीका शेयरधनीहरुले आव २०७४/०७५ को मुनाफाबाट लाभांश नपाउने भएका छन् । लाभांश नदिने बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स छन् ।

प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले यसबर्ष एनएफआरएसको कारणले गर्दाे गर्दा लाभांस नदिने निर्णय गरेको बताए । उनले भने, ‘अर्को बर्ष एकैपटक दुई बर्षको लाभांस शेयरधनीलाई दिन प्रयास गछौ ।’

Prabhu
Crest

यी तीन कम्पनीले साधारण सभाको मिति तय गरेतापनि लाभांश घोषणा भने नगर्ने भएका छन् । वित्तीय विवरण प्रकाशनको क्रममा एनएफआरएसको कारण देखाउदै लांभास घोषणा गर्न नपाएका हुन् ।

प्रभु इन्स्योरेन्सले साधारणसभाको मिति तय गरिसकेको छ । इन्स्योरेन्सले आफ्नो २३ औं वार्षिक साधारण सभा साउन १७ गते गर्ने भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सले पनि साधारणसभाको मिति घोषणा गरिसकेको छ । इन्स्योरेन्सले साउन २८ गते चौधौँ वार्षिक साधारणसभामा गर्ने भएको छ ।

त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारणसभा साउन २९ गर्ने भएको छ । कम्पनीले यस बर्ष लगानीकर्तालाई कुनै प्रकारको लाभांश नदिने भएको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत दरले हकप्रद बिक्रि गर्ने प्रस्ताव सभामा लैजाने भएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी नायव प्रमुख कार्यकारी अधिकृत बिनोदकाजी श्रेष्ठले एनएफआरएसको कारणले गर्दा यसमा समस्या आएको बताए ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले २०७४/७५ को लाभाशं घोषणा नगर्ने भएको छ । बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार पारिएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अन्तर्गतको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले कम्पनीले २०७४ /७५ मा लाभांश घोषणा नगरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS