IME Life

वास्तविक महिलाहरुको उपस्थिती बजारमा अझै पूर्ण रुपमा छैन : संरक्षणा चौधरी

SPIL
NIC ASIA

युवा तथा महिला लगानीकर्ता भनेर लामो समय देखि चिनिदै आएकी संरक्षणा चौधरी हाल नेपाल पूंजीबजार संघमा अध्यक्षको पद सम्हाल्दै आएकी छिन् ।

पाँच बर्ष देखि पुँजीबजारमा प्रवेश गरेकी चौधरीले पूँजीबजारको हितमा अग्रसर रुपमा काम गर्दै आईरहेकी छिन् । नेपालमा पुँजीबजारको वर्तमान अवस्था, अहिलेको बजारको स्थितीको बिषयमा केन्द्रित रहेर उनीसँग इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले गरेको कुराकानीको आधारमा :

Prabhu
Crest

शेयर बजारको यात्रा कहिलेदेखि सुरु भयो ?

सेयर बजारमा प्रवेश गर्दाको अनुभव बारे भन्नुपर्दा ,करिब पाँच बर्ष अघि सेयर बजारमा प्रवेश गरेकी हुँ । मैले सुरुमा नै दोस्रो बजारमार्फत शेयर बजारमा प्रवेश गरेको हुँ । सेयर किन्ने भनेको बजार घटेको बेला र बेच्ने भनेको बजार बढेको बेला भन्ने बारे मात्रै थाहा थियो । शेयर बजारमा प्रवेश गर्नुपूर्व नै मैले त्रैमासिक प्रतिवेदनहरु हेर्ने गर्थे ।

कम्पनीले प्रकाशन गरेको प्रथम, दोस्रो, तोस्रा, चौथो त्रैमासिक प्रतिवेदनमा पनि हामी कम्पनीको प्रति शेयर आम्दानी हैथ्यौ । जसको बढी प्रति शेयर आम्दानी त्यसको शेयर किन्नुपर्छ भन्ने सोच राख्थ्यौ ।

सुरुमा प्रवेश गर्दा लिएको हकप्रद मार्फत मलाई खासै नाफा पनि भएन र घाटा पनि भएन । त्यसपश्चात् मैले कम्पनीको पृष्ठभूमि हेरेर मात्र शेयर खरीद गदै आएको छु ।  शेयरबजारमा उत्तारचढाव आउनु स्वभाविक नै हो । यसलाई ठूलो रुपमा हेर्नु हुदैन भन्ने कुरा मैले मनन गरिसकेको थिए ।

यो सेयर किन्ने भनेको बजार घटेको बेला र बेच्ने भनेको बजार बढेको बेला भन्ने बारे मात्रै थाहा थियो । दैनिक मार्केटवाचले थप यस क्षेत्रमा लागि पर्न को निम्ति मद्दत मिल्यो । जुनसुकै क्षेत्रमा पनि सुरुवाती अवस्था मा काम गर्न निक्कै अप्ठ्यारो मह्सुस हुन्छ । सुरुको दिनमा त मलाई यस बिषयमा बुझन केही समय लागेको थियो ।

तर निरन्तर यसै बिषयमा केन्द्रित रह्दा सेयर बजार प्रतीको मेरो जिज्ञासा र रुचि दिन प्रती दिन बढ्न थाल्यो र यस क्षेत्रलाई निरन्ंतर समय दिन थालेको हुँदा आज म यस स्थान सम्म आइपुगेको छु ।

दोस्रो बजार मार्फत शेयर बजारमा प्रवेश गनुभयो ? त्यतिबेला नाफा घाटा के कस्तो पाउनु भयो ?

सेयर बजारमा मेरो पहिलो प्रवेश दोस्रो बजार मार्फत भएको थियो । पहिलो लगानी त्यो पनि दोस्रो बजार अनि रिक्समा थियो । सुरुमा प्राथमिक शेयर मार्फत लगानी गर्नु उचित हुन्छ ।

तर मैले भने दोस्रो बजार मार्फत लगानी शुरु गरे । शेयर बजारमा प्रवेशको क्रममा लिएको पहिले हकप्रद शेयरबाट मैले खासै नाफा र घाटा पनि व्यहोरीन । त्यस पश्चात् मैले शेयरमा लगानी गर्दा कम्पनीको प्रोफाइल र विगतमा दिएको लाभांशको अध्ययन गरेर मात्र लगानी गर्छु । लगानी गरे पछि कहिले घाटा त कहिले नाफा त ब्यहोर्नु पर्छ नै ।

शेयर बजारमा लगानी गरेर सन्तुष्ट हुनुहुन्छ वा हुनुहुन्न?

मैले यो क्षेत्रमा जति पनि लगानी गरेको छु, त्यो मेरो खर्च हुने पैसा हो । त्यसैले यो क्षेत्रमा लगानी गर्न थालेपछि मेरो खर्च कम भएको छ । त्यसैले म धेरै सन्तुष्ट छु । आफू मात्र नभई आफना साथीभाईहरुलाई पनि सिकाउने अवसर प्राप्त भएको छ यसमा म धेरै खुशी छु ।

तपाईको अनुभव अनुसार नयाँ लगानीकर्तालाई बजारमा कसरी प्रवेश गर्न अनुरोध गर्नुहुन्छ ?

शेयर बजारमा लगानी गर्दा सर्वप्रथम हामीले बुझनु जरुरी छ । शेयर बजारमा बुझनु मात्र भन्दा पनि प्रयोगात्मक अनुभव पनि हुनु जरुरी छ । शेयरबजार सम्बन्धी विभिन्न तालिमहरुमा सहभागी हुने र नजिकको व्यक्तिहरु जसले शेयरमा काम गरिरहेका छन् उनीहरुको अनुभव बटुल्न सकिन्छ ।

नयाँ लगानीकर्ताले शेयर बजारमा प्रवेश गर्दा प्राथमिक बजारबाट शुरु गर्न सक्छन् । हजार रुपैयाँमा पनि १० कित्ता शेयर भर्न पाईन्छ । त्यहाँबाट सुरु गर्दा पनि हुन्छ । एक हजार रुपैँया हामीले साथीभाईहरुसँग बस्दा पनि सकिन्छ । त्यलाई हामीले लगानी गर्यो भने भोलिको दिनमा रिर्टन आउँछ ।लगानी भनेको रिटर्न आउने कुरामा गर्नुपर्छ । बजारमा केही राम्रो उत्कृष्ठ भएको कम्पनी छानेर लगानी गर्न सकिन्छ । जसको लागि केही समय मार्केट वाच , कम्पनीको इतिहास देखि कम्पनीले बाडेको लाभांशको आधारमा गर्न सकिन्छ ।

साना लगानीकर्ता एवम् नयाँ लगानीकर्ताहरु अक्सर बजार बढ्ने बेला प्रवेश गरिरहेका हुन्छ्न जसको कारण बजार घट्ने क्रममा उनीहरुको मनोबल कमजोर हुन जान्छ र आत्तिन थाल्छ्न । एउटै कम्पनीमा धेरै लगानी गर्नु भन्दा धेरै कम्पनीमा थोरै थोरै लगानी गर्नाले पछिको लागि राम्रो हुन सक्छ ।

शेयर बजारमा निकै राम्रो कमाउँदा र गुमाउदाका केही क्षण छन् ?

हामी लगानीकर्ता भएको नाताले शेयर लगानी बढेस् भन्ने चाहाना हुन्छ । यो स्वभाविक नै हो । शेयरबजारमा भएको उत्तारचढावले आत्तिहाल्नुपर्ने स्थिति देखाउदैन ।

बजारलाई तत्काल मूल्याङकन गर्नु त्यक्ति उचित हुदैन । बजार घटी रहेको अवस्थामा चाँहि शेयरबाट घाटा खाने हुँदा यस्तो अवस्थामा शेयर बेचिहाल्छु । कमाउँदा र गुमाउँदाको क्षणलाई भन्दा पनि बजारमा भएको उत्तारचढाव हो भन्ने बिषयमा यसलाई लिने गरेकी छु ।

पूँजी बजार भनेको हल्लै हल्लाको बजार पनि भनिन्छ , यसबारे तपाईं को कस्तो धारणा छ ?

लगानीकर्ताले बजारमा आएको हल्लालाई कुन रुपमा लिन्छ भन्ने कुरा ठूलो हुन्छ । बजारमा भएको हल्लाले पनि सेयर बजारलाई प्रभावित पार्ने गर्छ ।

त्यसकारण लगानीकर्ताले हल्लाको पछाडि दौडनु हुदैन् । कागले कान लग्यो भन्दैमा कागको पछाडि दैडिन हुदैन । पहिला आफ्नो कान हेर्नुपर्छ । बजारमा भएको हल्ला सत्य हो वा हैन भन्ने बिषयमा आफै सचेत हुनु जरुरी छ । जसले लगानी गर्छ । त्यो सिक्स, घाटा वा नाफा सबै लगानी गर्ने मान्छे कै हुने हुँदा निर्णय पनि त लगानीकर्ता कै हुनुपर्छ भन्ने मेरो धारणा हो ।

बजार बिस्तारको लागि नेप्से, धितोपत्र बोर्ड तथा लगानीकर्तासंघहरु को कस्तो भुमिका हुनु पर्छ तपाईको विचारमा ?
नेप्से, धितोपत्र बोडले सर्वप्रथम त शेयर सम्बन्धि जनचेतना नै जगाउनु जरुरी हुन्छ । नियामक निकायले यसलाई मध्यनजर दिँदै आईरहेको पनि छ । बजार बिस्तारको लागि सम्बन्धित सबै निकाय आ –आफनो क्षेत्रबाट काम गरिरहेका छन् ।

बजार केही समय यता निरन्तर घटेको हुनाले लगानीकर्ताहरुको मनोबल सेयर बजार प्रती घटेको हो । बजार हो, बढ्ने र घट्ने क्रम त जारी नै भइ रहन्छ, त्यो बाहेक सबै संघसङ्ग्ठन तथा निकायहरुले आफ्नो स्थानबाट पूँजीबजार को बिकास एवम बिस्तारको लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने खालको कार्यक्रमहरु ल्याउनु जरुरी देखिन्छ ।

नेपालको पूँजीबजारलाई प्रबिधिमैत्री बनाउन के गर्नु पर्छ जस्तो लाग्छ ?

नेपालको पूँजीबजारलाई प्रबिधिमैत्री र सहज वातावरण बनाउनको लागि लगानीकर्ताहरुको अझै विशेष गरेर नयाँ लगानीकर्ताहरुको मनोबल बढाउने खालको अन्तरक्रिया कार्यक्रमहरु वा सेयर बजार सम्बन्धि छलफल कार्यक्रमहरु ल्याउन सकिन्छ ।

प्रविधि अनुसार नै हामी अघि बढ्नु जरुरी छ । पछिल्लो समय आएको प्रविधिको कारणले लगानीकर्ताहरुले थप राहत महसुस गरेको प्रत्यक्ष रुपमा देख्न पाईरहेका छौ । प्रविधिको प्रयोगले छिटो र छरितो रुपमा काम सम्पन्न गर्न पनि सहज भएको छ।

तपाईं युवा तथा महिला लगानीकर्ता भएको हैसियतले सरकार वा सम्बन्धित निकायहरु ले के गरिदिएमा महिला लगानीकर्ता अझै पूँजीबजार क्षेत्रमा आकर्षित हुन्थ्यो जस्तो लाग्छ ?

देशको राजधानी काठमाडौ जस्तो ठाँउमा पनि सेयर बारे थाहा नपाएका महिला दिदीबहिनीहरु थुप्रै हुनुहुन्छ । महिला दिदीबहिनीहरुलाई बजार प्रती आकर्षित गर्नको निम्ति विभिन्न किसिमको सेयर बजार सम्बन्धि कार्यक्रमहरु ल्याएर प्रोत्साहन गर्न सकिन्छ ।

अझै सेयर बजारमा महिला लगानीकर्ताहरुले कारोबार गर्ने हकमा केही प्रतिशत छुट को व्यवस्थाले यस पूँजीबजार क्षेत्रमा अझै महिला लगानीकर्ताहरु आउन सम्भव होला जस्तो लाग्छ ।महिला लगानीकर्ताहरुलाई के सुझाव दिन चाहनु हुन्छ र वास्तविक रुपमा के महिलाहरुको उपस्थिती शेयरबजारमा कस्तो पाउनुभएको छ ।

महिलाको तुलनामा बजामा पुरुषको तुलनामा महिलाहरुमा बचत गर्ने क्षमता निकै बढि रहेको पाइन्छ । महिला दिदिबहिनीहरुले गर्ने बचतलाई भोलीको दिनमा लगानीमा रुपान्तरण गर्न सकिन्छ ।आजको बचत र भोलीको लगानीले पछि आउने दिन हरुमा महिला दिदिबहिनीहरुको लागि निकै फाइदा पुर्याउछ ।

तथ्याङकमा मात्रै महिलाको उपस्थिती देखाएको पाईन्छ । अझै पनि श्रीमानहरुले नै श्रीमतीको नाममा शेयर खरीद गर्न प्रवित्ति नै रहेको छ । महिला स्वंयम नै उपस्थिती भने कम नै भएको देखिन्छ । जसमा मैले महिलाहरुको नै कमजोरी देख्छु ।आफैमा जबसम्म ईच्छा हुदैन तबसम्म हामीले छुटको व्यवस्था गरेस् वा अन्य सुविधा त्यस अनुरुप आकर्षण गर्न भने सक्दैनौ ।

वास्तविक महिलाको उपस्थिती जनाउन बजारमा महिलाहरुको उपस्थिती ईच्छाले हुनु जरुरी रहेको हुन्छ । तब मात्र शेयर बजारमा महिलाहरुको उपस्थिती राम्रो हुन सक्छ ।

आम लगानीकर्तालाई केही सुझाव दिन चाहानुहुन्छ ?

शेयरमा लगानी गर्नु बचत गर्नु जस्तै हो । हालै शेयरमा लगानी गर्ने वित्तिकै नाफा नआए पनि भविष्यमा पक्कै नाफा हुने निश्चित छ । दीर्घकालीन लगानी नै राम्रो हो ।

अर्को कुरा, शेयर बजारमा प्रवेश गर्दा सामान्य जानकारी लिएरै आउनुपर्छ । अहिले त विभिन्न सञ्चार माध्यममा पनि शेयर बजार सम्बन्धी महत्वपूर्ण समाचार आइरहेको हुन्छ । यसप्रति पनि लगानीकर्ताले ध्यान दिनु राम्रो हुन्छ ।विशेषगरी महिलाहरू कतिपय अवस्थामा खाली समय त्यसै बस्नुहुन्छ, उनीहरुका लागि यो क्षेत्र अति उत्तम छ । शुरूमा थोरै थोरै कित्तामा लगानी गरेरे शेयर बजारमा प्रवेश गर्नु र यसको प्रतिफल सबैले लिनु नै मेरो सुझाव हो ।

अन्त्यमा, सेयर बजारको विकास र विस्तारको लागि के –के गनुपर्ला ?

बजारको निति कार्यक्रमलाई अघि बढाउनु जरुरी छ । बिशेषत : बजारमा वित्तिय साक्षरताको विकास गर्नु जरुरी छ । पछिल्लो समय सेयर बजारसम्बन्धी तालिमहरु नयाँ लगानीकर्ताको उपस्थिती पनि बाक्लो हुँदै गएको देख्न सकिन्छ।उपत्यका भित्र मात्र नभई उपत्यका बाहिर पनि यस्ता कार्यक्रमलाई अघि बढाउनु जरुरी देखिन्छ ।

हाम्रो देश रेमिट्यान्सले चलेको छ भन्दा फरक नर्पला । बाहिर भएको पुँजी नेपालमा भित्रिय पनि बाहिर पनि गईरहेको छ । त्यो पुँजीलाई परिचालन गर्न सक्यो भने राम्रो हुन्छ । लगानीलाई सही ठाँउमा परिचालन गर्यो भने बजारको लागि अझ उचित हुने थियो ।

 इन्स्योरेन्स खबरले प्रत्यक हप्ता पुँजी बजारमा आवद्ध महिलाहरुको  कथा , लेख प्रकाशन गर्ने गर्छ  –इन्स्योरेन्स खबर डट कम 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS