IME Life

मूल्यबृद्धि ६.७ प्रतिशत पुग्दा जीवन बीमा र ऋणको क्षमता घट्यो

SPIL
NIC ASIA

काठमाडौं । बीमा र ऋणको लागि आम सर्वसधारणको बचतको महत्वपूर्ण भूमिका हुन्छ । जति बढि बचत उति बढि ऋण लिन सक्ने क्षमता र बीमा गर्न सक्ने क्षमता बढि हुने मान्यता छ । बीमा कम्पनीहरुले बीमितको मासिक तथा बार्षिक बचत हिसाब–किताब गरेर बचतको क्षमता अनुसार नै बीमा गर्ने गरेको युनियन लाईफ इन्स्योरेन्सका मनोज लाल कर्ण बताउँछन् ।

तर, गत आर्थिक वर्षको ११ महिनामा मूल्यबृद्धि दोब्बरभन्दा बढि हुँदा आम सर्वसधारणको खर्च निकै बढेको छ र बचत घटेको देखिएको छ । यसबाट जीवन बीमा र ऋण लिने क्षमतामा ह्रास आउन सक्ने आर्थिक क्षेत्रका विश्लेषकको भनाई छ ।
केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्क अनुसार देशको मूल्यबृद्धि दोब्बरभन्दा बढि हुन पुगेका छ । मूल्यबृद्धिका कारण आम सर्वसधारणको भान्सा तथा शरीरमा लगाउने लत्ता कपडा अनि यात्राको खर्च समेत बढेका छ । यातायात खर्चदेखि पेयपदार्थमा समेतको मूल्यबृद्धिका कारण आम सर्वसधारणको बचत अझै खुम्चिन पुगेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय बैंकका अनुसार खाद्य तथा पेय पदार्थको मुल्य बृद्धिदर दोब्बरभन्दा धेरैले बढेको देखिएको छ । गत आर्थिक बर्षको ११ महिनामा मूल्य बृद्धि ६.७ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको यहि अवधिमा तीन प्रतिशत रहेको मूल्यबृद्धिका कारण आम सर्वसधारणको बचतमा ह्रास आएको अनुमान गरिएको छ ।

Prabhu
Crest

खाद्यान्तको मुल्य बृद्धिदर ३.९ प्रतिशतबाट ५.६ प्रतिशत पुगेको छ । त्यस्तै, तरकारीको बृद्धिदर ७.५ प्रतिशतले बढेको थियो । गत वर्षको यहि अवधिमा तरकारीको बृद्धिदर ११ प्रतिशतबाट १४.६ प्रतिशत पुगेको छ । जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षको जेठमा उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत रहेकोमा यस वर्ष अझै बढेको हो ।

गैर खाद्य तर्फको मूल्य बृद्धि पनि चुलिएको छ । जेठ महिनामा गैर खद्य तथा सेवा समुहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा यस समुहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । यस समुह अन्तर्गतको घरायसी सेवा तथा उपयोगिताको मुद्रास्फीति ७ प्रतिशत बिन्दुले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS