IME Life

एनआइसी एसियाले साउन ६ देखि ४४ लाख इकाई ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ व्याज ?

SPIL
NIC ASIA

एनआइसी एसिया बैंकले साउन ६ गतेदेखि पाँचौ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।पाँचौं पटक ऋणपत्र निष्काशन गर्न लागेको बैंकले एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

जसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । उक्त ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याज पाइनेछ ।

लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । एनआइसी एसियाको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी(आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS