बजारमा बिक्री चाप आए संगै यो साता नेप्से परिसुचक ११ दशमलव ९६ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६० दशमलव ५० अंकको विन्दुमा कायम भइ बन्द भएको थियो भने यो साता नेप्से परिसुचक १२४८ दशमलव ५४ अंकको विन्दुमा गएर बन्द भएको छ ।
यो साता दोश्रो बजारमा १ करोड १३ लाख ८७ हजार ५ सय २० कित्ता शेयर खरिद विक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता नेप्सेमा १ करोड ६१ लाख ६० कित्ता शेयर खरिदविक्री हँदा २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो । यो साता अघिल्लो साताको भन्दा १ दशमलव ३६ प्रतिशतले कारोबार रकम घटेको हो ।
यो साता सिभिल बैंकको प्रोमोटर शेयरको सबैभन्दा धेरै १७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो साता प्रमोटर शेयरको राम्रै कारोवार भएको छ।