IME Life

जीवन बीमा गर्दै हुनुहुन्छ भने यी कुरामा बिशेष ध्यान दिऔ

SPIL
NIC ASIA

सायद आफनो भविष्य प्रति सबैले चिन्तन गरिरहेको हुन्छ । चिन्तन गर्नु स्वभाविक नै हो । भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिम रहित छैन ।

आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमबाट गर्न सकिन्छ । घर–जग्गा खरिद गर्न सकिन्छ, बैङ्क खातामा रकम जम्मा पनि गर्न सकिन्छ । घर–जग्गामा लगानी गर्न तथा आवश्यकता पूरा हुने गरी बैङ्कमा रकम जम्मा गर्न मोटो रकमको आवश्यकता पर्छ, जुन अधिकांशसँग हुँदैन । तर, जीवन बीमा गरियो भने पहिलो किस्ता भुक्तानी गरेको मिति र समयदेखि ठूलो रकमको जोखिम वहन हुन्छ ।

Prabhu
Crest

जीवन बीमाको विशेषता भनेको कम लगानीमै ठूलो रकम बराबरको रक्षावरण सुविधा प्राप्त गर्न तथा अवधि पुगेपछि प्रतिफल दिने हो ।

जीवन बीमामा कसरी सहभागी हुने त ?

मानिसको जीवनसँग सम्बन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।

मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले,जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटि बीमा रहेको हुन्छ ।

आर्थिक क्षमताको बारेमा बुझनु जरुरी

बीमा भविष्यमा भवितव्य आइपरेमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने प्रणाली हो । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मेहम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण गर्नु पर्छ । पारिवारिक दायित्वको मूल्याङ्कन गर्दा सात लाखको बीमा गर्नुपर्ने भयो ।

अवधिको लिनुपर्छ । यसका दुई फाइदा छन् । लामो अवधिको बीमाले बीमा शुल्कको किस्तालाई सानो बनाउँछ । छोटो अवधिको बीमामाभन्दा लामो अवधिको बीमामा बोनसदर बढी हुन्छ । कुनै बेला आवश्यक बीमाशुल्क बराबर बचत नहुन पनि सक्छ । त्यस्तो अवस्थामा आवश्यकता तथा क्षमतालाई बराबर भार दिई बीमा रकम निर्धारण गर्न सकिन्छ ।

बीमाको छनोट

बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । ती बीमाहरू आफूलाई आवश्यक परेको नगद उपलब्धताको आधारमा छनोट गर्न सकिन्छ । यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।

बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । २५ वर्षका व्यक्तिका लागि वार्षिक रूपमा रकम फिर्ता गर्ने २० वर्षे सात लाख बीमा अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा अग्रिम रूपमा भुक्तानी भएको रकम कट्टा नगरी पूरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ । यसरीे कम लगानीमैं परिवारको आर्थिक स्थितिको बचाउ तथा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । कुनै व्यक्तिको आयस्रोत तथा बचत निश्चित छ, बीमाशुल्क भुक्तानी गर्न असहज हुँदैन जस्तो लाग्छ भने सावधिक बीमा गर्न सकिन्छ । २५ वर्षको व्यक्तिले ३० वर्ष सम्म उमेर समूहको मानिस यस बीमा योजनामा सरिक हुन पाउछन् ।

बीमा कम्पनीले पनि बजारमा लगानी गरी बीमितलाई प्रतिफल दिने हो । कसैसँग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरूको लागि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ । २५ वर्षको व्यक्तिले २० वर्ष उमेर समूहसम्मको मानिसहरु यस बीमा योजनामा सहभागी हुन पाउछन् । त्यस्ता व्यक्तिहरूले बीमाशुल्क तिरेर बाँकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

आफ्नो बृद्धावस्थामा केही सुरक्षण पाउने गरी पनि बीमा गर्न सकिन्छ । बजारमा प्रचलित सावधिक आजिवन बीमाले यो आवश्यकता पूरा गर्छ । बजारमा यस्ता बीमालेखहरू छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ ।

कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ ।यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको विश्लेषण गरी आवश्यक नगद उपलब्धताअनुसारको जीवन बीमा छनोट गरी जीवन बीमा लिएर जीवन बीमाको सम्पूर्ण फाइदा लिन सक्छ ।

बोनसदर बारे बुझनु कतीको जरुरी

जीवन बीमा कम्पनीहरूले विमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् । कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् ।कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् ।

कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् । यसरी घोषणा गरिएको बोनस विमितको बीमा अवधि सकिएपछि एकमुष्ट रुपमा प्रदान गरिन्छ । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ ।बोनसदरका आधारमा नै विमितले आफनो बिमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ । धेरै बोनसदर भएका कम्पनीले विमितहरूलाई धेरै रकम फिर्ता गर्दछन् भने थोरै बोनसदर भएका कम्पनीले विमितलाई थोरै रकम फिर्ता गर्दछन् ।
त्यसैले बीमा गर्दा कम्पनीहरूको बोनसदर हेरेर बिमा गर्नु उपयुक्त हुन्छ । यद्यपी हाल कम्पनीहरूले वितरण गर्दै आएको बोनसदर बैंकहरूले दिदै आएको ब्याजदरको तुलनामा अधिक छ । त्यसैले बैंकमा निक्षेप राखिरहनु भन्दा बीमा गर्नु उत्तम लगानीको विकल्प हुन्छ ।

बीमा गर्दा आफैले पनि बीमा योजनाको बारेमा जानकारी राख्नु जरुरी

बीमा भावी जीवनमा हुने अनिश्चित जोखिमको एक साथी हो । त्यसैले बीमा गर्दा बीमा योजनाको बारेमा हामी आफैले नि बिशेष ध्यान दिनु जरुरी रहेको हुन्छ । आफूले लिन लागेका बीमा योजनामा कस्तो सुविधा समेटिएको छ । यसको बारेमा बीमीतले पनि राम्ररी बुझनु जरुरी हुन्छ ।
कस्तो बीमा योजना खरीद गर्दा आफूलाई उपयुक्त हुन्छ र यसमा कस्तो खालका सुविधाहरु उक्त बीमा योजनामा सरिक रहेको छ भन्ने बारेमा बीमीत स्वंयमले बुझनु निकै जरुरी रहेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS