साताको अन्तिम कारोबार आज शेयर बजार घटेको छ । नेपसे ८ दशालव २७ अंकले घटेर १,२६०.४७ अंकको बिन्दुमा कायम भएको छ । आज सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६२ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७७ वटा कम्पनीको ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता शेयर ७ हजार ८ सय ४४ पटक खरिदविक्री हुँदा ६७ करोड १ लाख ६९ हजार ९ सय २९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्युटि ओरेन्टेट र प्रभु बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।
नेपाल बैंकको ४ करोडमाथिको कारोबार भउको छ । नेपाल टेलिकम, मेगा बैंक र प्रिमियर इन्स्योरेन्सको ३ करोडमाथिको कारोबार भएको छ । सिभिल बैंक, जनता बैंक र सेञ्चिुरी कमर्सियल बैंकको २ करोडमाथिको कारोबार भएको छ ।
सूर्योदय लघुवित्त, समित माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन् ।