सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच बीमा सेवा सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले हस्तक्षर गरेका छन् ।
सम्झौतापत्र कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो ।
सम्झौता भएसँगै फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।