IME Life

मर्जर र लाइसेन्स वितरण नितान्त फरक कुरा हो : सुधुम्न प्रसाद उपाध्याय, सीइओ, प्रिमियर इन्स्योरेन्स

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुधुम्न प्रसाद उपाध्याय विगत लामो समय देखी इन्स्योरेन्स क्षेत्रमा काम गर्दै आएका छन् । उनले जीवन र निर्जीवन बीमा कम्पनीमा काम गरेको अनुभव बटुली सकेका छन् । नेशनल इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका उपाध्याय लाईफ इन्स्यारेन्स कर्पोरेशन हुँदै हाल प्रिमियर इन्स्यारेन्स कम्पनीमा कार्यरत छन् ।

सात बर्ष अघि प्रिमियर इन्स्योरेन्समा नियुक्त भएका उपाध्यायले कम्पनीकोे शाखा विस्तारलाई जोड दिएका छन् । यस्तो अवस्थामा नेपालमा बीमाको पहुँच विस्तार गर्न के गर्नुपर्छ, अहिलेको बीमाको अवस्था के छ तथा प्रिमियर इन्स्योरेन्स कम्पनीको आगामी योजना के छ भन्ने बिषयमा प्रिमियर इन्स्योरेन्स कम्पनीका (सीइओ) सुधुम्न प्रसाद उपाध्यायसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

Prabhu
Crest

बीमाको हालको बजारको स्थिति कस्तो रहेको छ ? यसमा निर्जिवन बीमाको बजारको अवस्था के छ ?
बीमाको हालको स्थितीलाई हेर्ने हो भने यसको बजार राम्रोनै रहेको पाईन्छ । बीमाको बजार पछिल्लो समयलाई मध्यनजर गरेर हेर्ने हो भने कम्पनीहरु बढेसँगै यसको बजारमा परिवर्तन आईरहेको छ । बीमा बजारमा नयाँ कम्पनीको उपस्थितिले पनि बीमाको दायरा बढाउनमा केही सहयोग पुराईरहेको तथ्याङकले पनि देखाँउछ । समितिले बीमाको प्रचार प्रसारमा पनि ध्यान दिईरहेको छ । नयाँ कम्पनीहरु आएसँगै शाखा विस्तारमा ध्यान दिएको पाईन्छ । पूरानो कम्पनीहरुले पनि शाखा विस्तारमा जोड दिदै लगीरहेका छन् । नयाँ कम्पनी आएसँगै बजारमा प्रतिस्पर्धाको भावना पनि बढ्दै गएको छ । समग्र रुपमा भन्नुपर्दा बीमाको बजारमा रौनक छाईरहेको छ ।

बीमा समितिले मर्जरलाई जोड दिएको छ । सरकारले पनि मर्जरमा जाने कम्पनीलाई करमा छुट दिने भएको छ । कम्पनीहरु मर्जरको बिषयमा कत्तिको सकरात्मक छन् त ?
बजारमा कम्पनीको सङख्याहरु बढ्दा त्यसमा प्रतिस्पर्धा बढ्नु स्वभाविक हो । मर्जरको बिषयको कुरा गर्नुपर्दा , सङख्या धेरै भएसँगै मर्जर हुनु त स्वभाविक नै हो । त्यस बिषयलाई कुनै ठूलो रुपमा हेर्नु पर्छ जस्तो लाग्दैन ।

बीमा समितिले मर्जर निर्देशीका ल्याएको छ, त्यो मलाई ठिक नै लागेको छ । लाईसेन्स दिनु र मर्जर नितान्त फरक कुरा हो । जुनसुकै बजार हेर्ने हो भने पनि एक पटक बजार बढ्छ र पुन: मर्जरमा जान्छ । यो नियमित प्रकृया हो , यसलाई नौलो रुपमा ठान्नु जरुरी देख्दिन ।

कसैले व्यवसाय गर्छु भन्यो भने बजारमा आउने वातावरण दिनुपर्छ । साथै मर्जरमा जान चाहने कम्पनीले पनि मर्जरमा जानु पाउनु पर्छ । विश्व बजारमा यसलाई हेर्ने हो भने, लाईसेन्स र मर्जरको कुरा अघि बढीरहेको हुन्छ र यो स्वभाविक पनि हो ।

कम्पनीहरुको संख्या धेरै भएपछि बजारमा अस्वस्थ्य प्रतिपर्धा बढेको छ । यसले भोलिको दिनमा बीमा क्षेत्रमा कस्तो प्रभाव पार्ला ?
निर्जिवन बीमाको बजारमा त्यस्तो ठूलो प्रभाव पर्दैन । प्रतिस्पर्धा बढेसँगै कम्पनीको शाखा विस्तार र व्यवसाय एवं बीमा चेतनामा समेत वृद्धि भएको छ । कम्पनीहरुको क्यापिटलबाट आउने रिर्टन चाँहि कम हुन्छ । बजारको आकार बढेसँगै कम्पनीको पूँजी पनि बढ्छ । त्यस पश्चात् कस्ट अपरेटिङ हाई हुन्छ,रिटर्न कम हुन्छ । त्यसलाई मात्र यसले फरक गर्ने हो । बजारमा त यसले खासै असर नगर्ला ।

प्रिमियर इन्स्यारेन्स कम्पनी पछिल्लो समय कुन रुपमा अघि बढीरहेको छ ?
प्रिमियर इन्स्योरेन्स कम्पनीको स्थिति राम्रौ छ । हामी एक स्टेबल कम्पनी हो । हामी उत्कृष्टमा नै पुग्छौँ भनेर एकैपटक तुफान आउने काम गर्दैनौ । कम्पनी जुन रुपमा अघि बढीरहेको छ । भोलिको दिनमा बजारमा कसरी राम्रो रुपमा उपस्थित हुन सकिन्छ भन्ने बिषयलाई लिएर काम गरिरहेका छौ ।

नेपालमा बैंकास्योरेन्सले कानुनी मान्यता पाएको छैन । तर, कम्पनीहरुले बैंकास्योरेन्ससको किन प्रचार प्रसार गरेका छन् ?
बैंकास्योरेन्स च्यानल संसारभरी नै छ । तर त्यसलाई कुन स्तरमा लैजाने भन्ने ठूलो कुरा हो । भोलिको बजार हेर्न नै बाँकि छ । बीमाको बजार खाली नै रहेको छ । बीमीतलाई सेवा प्रदान गर्ने हेतुले गर्यो भने राम्रो नै हुन्छ । बैंकले पनि सबैले राम्रो काम गरयो भने फाईदा नै हुन्छ । एक अर्कोलाई प्रभाव नपर्ने गरि बीमा सेवा प्रदान गर्ने हो भने बीमाको बजारलाई नी यसले राम्रो स्थितमा लैजान सक्छन् ।

सरकारले कृषिमा अनुदानको व्यवस्था गरेको छ तर ढिला आउने प्रवित्ति बढ्दो छ यसले कम्पनीलाई असर गर्छ वा गर्दैन ?
सरकाले ढिला दिए पनि सरकारले दिई नै रहेको छ । तर कम्पनीको जुन स्थितीमा चै त्यस्तो असर भने गर्दैन । तर यसले कम्पनीको महाविपत्ति जगेडा कोषलाई भने केही असर गर्ने हो ।

समितिले सवारी दुर्घटनाको बीमांक रकम बढाउँने तयारी गरेको छ । सुविधा थप गर्दा र बीमांक बढाउँदा निर्जीवन बीमा व्यवसायमा कस्तो असर पर्ने देख्नुहुन्छ ?
सरकारले अनिवार्य बीमा गराउनुपर्ने भएको कारण मोटर बीमाको व्यवसाय पनि ह्वात्तै बढेको छ । यो स्वभाविक हो, एक अवस्था थियो । जुन अवस्थामा सरकारले मोटर बीमा अनिवार्य गरेको थियो । मोटर बीमालाई अनिवार्य रुपमा सबैले हेरेको पनि छ । एक समयसम्ममा सरकारले केही प्याकेज ल्याएर अनिवार्य गरेको खण्डमा भोलि उक्त कामलाई अनिवार्य रुपमा अघि बढाउन सकिन्छ ।

हालै बीमा समितीले तालिम केन्द्र सञ्चालनमा ल्याएको छ साथै त्रिभुवन विश्वविद्यालयले एक्च्युरी साईन्सको पनि अध्यापन सुरु गरेको छ । के यसले नेपाली बीमा कम्पनीमा देखिएको जनशक्ति अभावलाई परिपूर्ति गर्ला ?
बीमा बजारमा दक्ष जनशक्ति अभाव रहेको छ । बीमा समितीबाट खडा भएको तालिम केन्द्र र त्रिभुवन विश्वविधालयबाट मान्यता प्राप्त एक्च्युरी साईन्सले भावी दिनमा यसको परीपूर्ती गर्न सहज गर्दछ ।

दाबीको समयमा समस्या आउने गरेको बीमीतहरुको गुनासो रहेको पाईन्छ नि ? 
बीमीतहरुले आवश्यक कागजात पेश गरेको खण्डमा दाबी भुक्तानी गर्नुमा हामीलाई कुनै ठूलो कुरा हुदैन । बीमीतहरुले नै चाहेको आवश्यक पेश नगर्दा यस्ता समस्या आउने गरेको हुन्छ ।

कम्पनीको चुक्ता पूँजी पुराउन बीमा समितिले दिएको समय पनि सकिएको छ । तर तपाईको कम्पनीले अझै पूँजी कायम गर्न सकेको छैन । पूँजी पुराउँने तपाईहरुको योजना के छ ?
हामीले ७९ दशमलव ७९ प्रतिशत बोनस सेयर प्रस्ताव राखिसकेका छौ । आर्थिक बर्ष २०७४/७५ को मुनाफबाट ७९ दशमलव ७९ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेका छौ । हाम्रो कम्पनीको चुक्ता पूँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रस्तावित् बोनस सेयर पश्चात् कम्पनीको पूँजी १ अर्ब माथि पुग्नेछ ।

उक्त प्रस्ताव नियामक निकाय बीमा समतिबाट स्वीकृति भएपछि र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि कार्यन्वयनमा आउनेछ । एनएफआरएस प्रणालीको कारणले गर्दा साधारणसधा गर्नमा केही समय ढिला भएको हो । अर्को बर्षदेखि उक्त समस्यामा हामी रहनु पर्दैन ।

कम्पनीको साधारण सभा कहिले हुँदैछ ? लगानीकर्ताले प्रतिफल कत्ति पाउँनेछन् ?
एनएफआरएसको कारणले गर्दा केही समय ढिला भएको हो । हामीले ७९ दशमलव ७९ प्रतिशत बोनस सेयर प्रस्ताव राखिसकेका छौँ । बीमा समितिको स्वीकृति भएपछि हामी साधारणसभा गर्नेछौँ ।

नेपालमा बीमा चेतना बढाउँन के गर्नुपर्ला ?
सरकार र बीमा समितिले चालेका कदम राम्रो नै छ । तर बीमा चेतना सरकारले आफनो क्षेत्रबाट कसरी चेतनामूलक कार्य गरेर बीमाको दायरा बढाउन सकिन्छ । त्यसमा ध्यान दिनु जरुरी देखिन्छ ।

कम्पनीको आगामी योजना के छ ?
हाम्रो कम्पनीको आगामी योजना शाखा विस्तार गर्ने रहेको छ । दक्ष जनशक्ति राखेर कम्पनीलाई अझ अघि बढाउने हाम्रो योजना रहेको छ । यसका साथै ग्राहकहरुलाई कसरी छिटो र छरीतो सुविधा प्रदान गर्ने र सन्तुष्ट दिने भन्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS