साताको अन्तिम दिन नेप्से २ दशमलव ९२ अङ्कले घटेर १२६९ दशमलव ५५ अङ्कमा मा बन्द भएको छ । ४५ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
होटल बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ । यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटा उपपरिसुचकहरुमा एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् ।