Prabhu Life Ad Final

नेप्से सामान्य अंकले बढ्यो, सिवम् सिमेन्टको सर्वाधिक कारोबार

IME PAY

आज मङगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ०.१७ अंकले बढेर १,२७५.९८ अंकमा कायम भएको छ । होटल फाइनान्स, निर्जीवन बीमा समुह, उत्पादनमुलक, जीवन बीमा समुह र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समुह ७ अंकले बढेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले बढेको छ । सेन्सेटिभ परिसूचक ० दशमलव ४० अंकले बढेर २ सय ७२ दशमलव ८६ बिन्दुमा आएर बन्द भएको छ ।

NCHL

दिनभरिमा १ सय ७४ वटा कम्पनीको १५ लाख ९ हजार ८ सय ८५ कित्ता शेयर ७ हजार ७ सय १४ पटक खरिदविक्री हुँदा ४८ करोड ८ लाख ७६ हजार ९ सय ८६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी एनआईसी एशिया, कृषि विकास बैंक र नेपाल बैंकको २ करोडभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, अपर तामाकोशी र प्रिमियर इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ ।

पाँचथर पावर र खानिखोला हााइड्रोपावरका लगानीकताृले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x