IME Life

शेयर बजारमा महिलाको सहभागिता बढाउँ: अर्थमन्त्री

SPIL
NIC ASIA


अर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजारमा महिलाको सहभागिता बढाउँन सुझाव दिएका छन् । नेपाल धितोपत्र बोर्डको २७ औ बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री डा.खतिवडाले महिलालाई आरक्षण दिएर भए पनि बजारमा महिलाको सहभागीता बढाउँनु पर्ने बताएका हुन् ।

कार्यक्रममा उनले सरकारले यस अघि सम्पतिमा महिलाको स्वामित्व बढाउँन महिलाको नाममा घरजग्गा खरिद गर्दा रजिष्ट्रेशन शुल्कमा छुट दिएको बताए । जसको कारण शहरी क्षेत्रमा जमिनमा महिलाको स्वामित्व ८ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको उनले बताए । त्यसैगरी शेयर बजारमा पनि महिलाको सहभागीता बढाउँन बोर्डले कुनै बिषेश संरचना बनाउनुपर्ने उनले सुझाव दिए ।

Prabhu
Crest

आगामी दिनमा मानिसहरु जग्गा जमिनबाट विस्तारै शेयर बजार जस्तो वित्तीय उपकरणमा बढी जोड दिनेछन् । ‘त्यसैले आजको दिन देखि नै बजारमा महिलाको सहभागिता बढाउँन बोर्डले केही गर्यो भने म खुशी हुनेछु,’ उनले भने । बोर्डले जसरी आईपिओ १० कित्ताको आवेदन दिनेलाई अनिवार्य रुपमा वितरण गर्ने व्यवस्था गरेको छ । त्यसैगरी महिलाले दिने आवेदनमा पनि बिषेश खालको व्यवस्था गर्नुपर्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा मन्त्री डा.खतिवडाले रेमिट्यान्सबाट भित्रिएको रकमलाई सेयर बजारमा लगानी गर्नुपर्ने बताए । यसका लागि बैंक तथा बोर्डले सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । ‘बैदेशिक रोजगारीमा गएकालाई बैंक खाता अनिवार्य गरौ । उनीहरुले पाउँने तलबको निश्चित रकम बैंकमा राख्नुपर्ने व्यवस्था गरौ । जसलाई विकास निर्माणका परियोजनामा लगाउँन सकिन्छ,’ उनले भने । त्यस्तै, अर्थमन्त्री खतिवडाले धितोपत्र बजारमा मौद्रिक नीतिको छायाँ हुन नहुने बताएका छन् । बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा बजार बढ्ने र तरलता घट्दा बजार पनि घट्ने अवस्था हुन नहुने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले भने सेयर बजारलाई बलियो बनाउँन अनलाईन कारोबार सिस्टम बलियो बनाउँनुपर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS