जनता बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ७ जना, रिलेशनसिप म्यानेजरका लागि १२ जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजरका लागि २८ जना, अपरेसन इन्चार्चका लागि १४ जना, स्फ्टि डिपार्टका लागि २ जना र अपरेसन असिस्टेन्टका लागि ४ जना गरी जम्मा ६७ जना कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १४ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।