एशियन लाइफ इन्स्योरेन्सले शेयर लिलाम गर्ने भएको छ । इन्स्योरेन्सको हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता शेयर लिलामी गर्न लागेको हो ।
इन्स्योरेन्सले चैत्र २५ गतेदेखि बैशाख २९ गतेसम्म १ः०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा केवल १४ हजार ७ सय ८३ आवेदकले ७३ लाख १८ हजार ९ सय ९३ कित्ताको लागि मात्र आवेदन परेको छ । बाँकि शेयर कम्पनीले लिलामी मार्फत बिक्रि गर्न लागेको हो ।
रितपुर्वक आवेदन दिने सबैलाई शेयर बाँडफांड गरिएको र जेठ २७ गते सोमबार देखि शेयरमा नपरेको पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।