IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र शुक्रबारदेखि खुल्दै, १०.५०% व्याज पाइने

SPIL
NIC ASIA

नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबारदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ निष्काशन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले यसमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

Prabhu
Crest

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्टमार्फत् अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन् ।

७ बर्ष अवधिको उक्त ऋणपत्रमा १० दशमलव ५० प्रतिशत ब्याजदर पाइनेछ । ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैंक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितोस्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा लिएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS