IME Life

इन्फिनिटी लघुवित्तको आईपीओ बाँडफाँट बुधबार हुने

SPIL
NIC ASIA

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट बुधबार हुने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । यस आइपीओमा ६८ लाख ४ हजार कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

क्यापिटल मार्केटका अनुसार अन्तिम दिनसम्ममा कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यस आधारमा लघुवित्तको आइपीओमा माग भन्दा १० गुणा बढी कित्ताका लागि आवेदन परेको जनाएको छ।

Prabhu
Crest

कम्पनीले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत रकम बराबरको सेयर बिक्री गरेको हो । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS