IME Life

शेयरको कारोबारमा घट्यो पूँजीगत लाभकरको दर

SPIL
NIC ASIA


सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाएको छ । आव २०७६/७७ को बजेट मार्फत पूँजीगत लाभकरको गणना भारित औसत लागत विधिबाट गर्ने व्यवस्था मिलाई प्राकृतिक व्यक्तिको हकमा करको दर ५ प्रतिशत कायम गरिएको छ । अघिल्लो आवको बजेटमार्फत ७.५ प्रतिशत कायम भएको पूँजीगत लाभकर आगामी आवको लागि ३३ दशमलव ३३ प्रतिशतले घटाएको छ । यो घोषणा सँगै पूँजीबजारमा आवद्ध लगानीकर्ताहरुमा उत्साह छाएको छ । भोलिदेखि शेयर बजारमा यसको प्रभाव देखिने लगानीकर्ताहरुले अनुमान गरेका छन् ।

साथै धितोपत्रको दोस्रो बजारमा निश्चित रकम भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखा नम्बर सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिने भएको छ । यसका साथै सरकारी ऋणपत्र खरिद विक्री लागि अनलाईन प्रणाली समेत विकास गरिने भएको छ ।

Prabhu
Crest

गैर आवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न दिइने

नेपालको शेयर बजारको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा गैरआवासीय लगानीकर्ताहरुलाई समेत लगानी गर्न दिइने भएको छ । लगानीकर्ताहरुले लामो समयदेखि गैरआवासीय नेपालीको लगानी नेपालको पूँजीबजारमा भित्र्याउनु पर्ने भन्दै आवाज उठाउँदै आएका थिए । साथै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको संस्थागत सुधार गरिने भएको छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रुपमा प्रकाशन गर्ने, कर्जा सुचना र सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने, ट्रस्टी ऐन तर्जुमा गरी सामूहिक लगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थित गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS