शृजनशिल लघुवित्तको विशेष साधारणसभा जेठ १८ गते

शृजनशिल लघुवित्त वित्तीय संस्थाले जेठ १८ गते विशेष साधारण सभा गर्ने भएको छ । सभामा १ सय प्रतिशत हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने मुख्य एजेन्डा रहेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ७ करोड रुपैयाँबाट बढाएर १४ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेश गर्न लागेको हो ।

हाल यस लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । सभामा अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्ने छ । सभामा २०७५/७६ का लोखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिने जनाएको छ ।

यस्तै, विप्रेशण सेवा सञ्चालन गर्ने तथा बीमा एजेन्ट भई कार्य गर्ने जस्ता एजेन्डा रहेका छन् । सभा शृजनशिलको केन्द्रीय कार्यालय गोलबजार–७, चोहर्वा सिराहामा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार