IME Life

आगामी असार सम्ममा बीमाको पहुँच २० प्रतिशत पुग्ने

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच २० प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्रालयले संघिय संसदमा सोमबार प्रस्तुत गरेको तथ्यांक अनुसार आगामी असार महिनासम्ममा बीमाको पहुँच झन् बढ्ने अनुमान गरिएको हो । तथ्यांक अनुसार चालु आवको फाल्गुण महिनासम्ममा बीमाको पहुँच १८ प्रतिशत पुगेको छ ।

त्यस्तै, चालु आवको फाल्गुण महिनासम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ३ खर्ब १३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसमध्ये जीवन बीमा व्यवसाय गर्ने बीमकको २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ८३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो वित्तीय स्रोत तथा उपयोग गत आवको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

Prabhu
Crest

साथै बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानी गत आवको अन्त्यसम्ममा ७७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । आव २०७०/७१ सम्ममा भने ३० अर्ब ४३ करोड रुपैयाँ थियो । यो रकम कुल गाहस्र्थ उत्पादनको २.६ प्रतिशत हो ।

त्यस्तै, चालु आवको फाल्गुण महिनासम्ममा कृषि तथा पशुपन्छी बीमा बापत सरकारले ४२ करोड बीमा शुल्कमध्ये ३१ करोड ८२ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । सो अवधिमा कम्पनीहरुले ९ खर्ब ११ अर्ब रुपैयाँ बराबरको बीमा गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS