IME Life

घातक रोग विरुद्धको बीमा किन गर्ने,समाजसेवी, लेखक र व्यवसायी कर्ण शाक्यको सुझाव

SPIL
NIC ASIA

रोगको उपचार गर्न सक्ने क्षमता नभएका कारण कतिपय मानिसले अकालमा नै जीवन गुमाउँनु परेको छ । घातक रोग लागेको अवस्थामा त कतिपय मानिसले घर खेत नै विक्री गरी उपचार गर्नु परेको छ । त्यसैले यस्तो खालको अवस्थाबाट बच्नका लागि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा घातक रोग विरुद्धको ५० लाख रुपैयाँसम्मको बीमा योजना सञ्चालनमा ल्याएको छ ।

अहिलेको अवस्थामा मानिसको लागि यो बीमा योजना किन आवश्यक छ भन्ने बिषयमा समाजसेवी, लेख तथा व्यवसायी कर्ण शाक्य तथा डा।सुदिप श्रेष्ठको सुझाव समाजसेवी एवं लेखक कर्ण शाक्यले घातक रोग यस्तो रोग हो । जसले बिरामीलाई दुखेको दर्दलाई कम गर्न सकिन्छ ।

Prabhu
Crest

तर उसको परिवारको दर्द भने कम गर्न नसक्ने बताए । मैले आफनो जीवनमा समेत प्रत्यक्ष रुपमा भोगेको हुँदा यसको पिडाको बढी महसुस मैले गरेको छु । क्यानसर रोगबाट पिडित भएका मेरो श्रीमती र छोरीको पिडा अझै पनि मेरो आखाँमा आईरहेको हुन्छ । केही बर्ष अघि यसको रोगको लागि नेपालमा सम्भव नभएको कारण विदेशमा हामी उपचारको लागि गएका थियौ । उक्त समयमा क्यानसर रोगलाई कभर गर्ने पोलिसीको बारेमा हामीलाई खासै नै थिएन् ।

तर उक्त समयमा बीमा भएको भए सायद आर्थिक भार कम व्होनुपरेको हुन्थ्यो । म आफै पनि केही समय अघि क्यानसरको पिडित थिए । अहिले आएर पूर्ण रुपमा निको भएको छु । यहाँ लाखौ मानिसहरु क्यानसर रोग लागेको समयमा आर्थिक संकटको कारण समस्याहरु भोगिरहेका हामीले पत्यक्ष रुपमा देखिरहेका हुन्छौ । यो हाम्रो लागि ठूलो समस्या हो । क्यानसर रोग लाग्दा हात फैलाउनुपर्ने एक किसिमको बाध्यता हामीमा छ ।

बीमा एउटा यस्तो उपयुक्त माध्यम हो । हामीले सकेको अवस्थमा थोरै प्रिमियम तिरेर हुने जोखिमलाई हामी कम गर्न सक्छौ । यसको साथै घातक रोग लागेको अवस्थामा हामीले भोग्ने पिडालाई कम गर्न बीमा निकै जरुरुी रहेको छ । घातक रोग लागेको खण्डमा रोगी संवयमलाई मात्र नभई सिंगो परिवारलाई नै यसले असर पुराउने काम गर्दछ । घातक रोग विरुद्ध लड्न तीनवटा कुरा निकै महत्वपूर्ण रहेको हुन्छ ।

ईच्छा शक्ति, आर्थिक तयारी, उत्कृष्ट उपचार यसलाई हामीले निकै ध्यान दिनु जरुरी देखिन्छ । नेपालको सन्दर्भ हेर्न हो भने रोग लाग्नु पूर्व हामी कुनै कुरामा ध्यान दिईरहेको हुदैनौ । तर जब हामीलाई कुनै घातक रोग लागेको खण्डमा हामी ऋण खोज्ने हारगुहार गर्ने, हात फैलाउने र आत्तिने गरेको हामीले प्रत्यक्ष रुपमा देख्न पाउछौ । यो गलत हो । भोलिको दिनमा आउने जोखिमको सामना गर्नको लागि हामीले बीमा गरेको खण्डमा हामी ढुक्क हुन सक्छौ ।

मेरो जिवनमा मैले प्रत्यक्ष रुपमा यसलाई भोगेको हुनाले म सबैलाई बीमा गर्नको लागि प्रेरित गर्दछु । घातक रोग लागेपछि कि त मृत्युलाई पर्खिनुपर्छ , कि त पैसाको जोहो गर्न सक्नुपर्छ भन्ने कथन नेपाली समाजमा रहेको छ । तर बीमा गराउँदा आफूले सकेको समयमा थोरै प्रिमियम तिरेको आधारमा ठूलो रोगको समेत रक्षावरण हुने भएको कारण बीमा निकै अपरिहार्य रहेको छ ।

क्यानसर हस्पिटल एण्ड रिर्सच सेन्टरका डा.सुदिप श्रेष्ठले यस्ता घातक रोगको बीमा हुनु निकै जरुरी छ । घातक रोग लागेको खण्डमा परिवारलाई आर्थिक जोहो गर्न कुरामा निकै ठूलो चुनौती आउने गरेका हामीले प्रत्यक्ष रुपमा देखेका छौ । उपचारको क्रममा कतीपय बिरामीहरुको उपचारको लागि आथिक समस्या भएको कारण निःशूल्क गराउनु परेको कुरा समेत जानकारी गराए । हामीले आफनौ खल्ती मार्फत पनि पैसा तिरेर पनि उपचार गराएका छौ ।

रोग लागेको कारण उपचार गराउन नपाई बिरामीको मृत्यु हुनु कुनै सामान्य कुरा हैन । सवास्थ हाम्रो आधारभूत आवश्यकता हो । बीमा तर्फ आकर्षण गराउनको लागि सरकारले प्रिमियममा करको छुट गर्नु सबैभन्दा जरुरी देख्छु । घातक रोग लागेको खण्डमा ऋणको भार, पारिवारिक तनाव र अन्य समस्याहरु हुने गरेको छ । यसबाट बच्न बीमा गर्नु निकै जरुरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS