महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र सञ्चार बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखराबीच बीमा सेवा सम्झौता भएको छ ।
सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र सञ्चार सहकारीका तर्फबाट अध्यक्ष विनोद ढुंगानाले सम्झौता हस्ताक्षर गरेका छन् ।
सम्झौता भए पश्चात सञ्चार सहकारीका ग्राहकले सहकारीबाटै महालक्ष्मी इन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन ।