नेपाल लाईफको साधारणसभा जेठ ४ गते

नेपाल लाइफ इन्स्यारेन्सले ४८.५ प्रतिशत लाभांश पारित गर्न जेठ ४ गते शनिबार साधारण सभा बोलाएको छ । साधारण सभा जेठ ४ गते वीरगन्जमा हुनेछ । नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिन लागेको हो । साधारणसभा मार्फत यो लाभांश अनुमोदन गरिने भएको छ ।

साधारण सभा गर्न कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गरेको छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।

हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि कम्पनीको पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार