बीरगञ्जमा गरिमा विकास बैंक लिमिटेडले शाखा कार्यालय बिस्तार गरेको छ । बीरगञ्ज शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवम् ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए ।