लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोष ५० अर्ब माथि

422

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन )ले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ९६  प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ८  अर्ब ८३  करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम २६  प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ७९ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या ३  प्रतिशतले घटेको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १० करोड ७१ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रति शेयर आम्दानी ९  रुपैयाँ ५६ पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार ६२  प्रतिशतले वृद्धि भएर ५८ करोड ३५ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार २७  प्रतिशतले वृद्धि भएर ५१ अर्ब ४८ करोड पुगेको छ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्