यूनियन लाइफ इन्स्योरेन्सको बीमा सेवा सनराइज बैंकबाट लिन सकिने

यूनियन लाइफ इन्स्योरेन्सका बीमा सेवा सनराइज बैंकबाट लिन सकिने भएको छ । यूनियन लाइफ इन्स्योरेन्स र सनराइज बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भए सँगै यूनियन लाइफ इन्स्योरेन्सका बीमा सेवाहरु सनराइज बंकैबाट नै लिन सकिने भएको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट  युनियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार