एसियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ३७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ६४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ३८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६५ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या २७ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ५ करोड ४४ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा रहेको छ।
कम्पनीको जगेडा कोषको आकार २७ प्रतिशतले वृद्धि भएर २८ करोड ३४ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार ३१ प्रतिशतले वृद्धि भएर १५ अर्ब ७८ करोड पुगेको छ।