नेपाल स्टक एक्चेन्ज (नेप्से)ले ब्रोकरहरुलाई वेबसाइट संचालन गर्न निर्देशन दिएको छ । नेप्सेले बिहीबार विज्ञप्ती जारी गर्दै अहिले सम्म वेबसाइट नभएका ब्रोकरहरुलाई वेबसाइट खोल्न निर्देशन दिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरुलाई नेप्सेको सदस्यता प्राप्त ब्रोकरहरुबाट प्रदान गरिने सेवा सुविधा सहज बनाउन र पहुँचलाई अझ सहज बनाउन ब्रोकरहरुले वेबसाइट खोल्नु आवश्यक रहेको नेप्सेले जनाएको छ ।
नेप्सेले हालसम्म वेबसाइट नभएको ब्रोकर कम्पनीहरुलाई २०७६ जेठ मसान्त भित्र वेबसाइट संचालनमा ल्याउन आग्रह गरेको छ ।