ज्योति लाइफको खुद नाफा १० करोड, बीमा शुल्क आर्जनमा आकर्षक वृद्धि

ज्योति लाइफले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म १० करोड ७ लाख रुपैया खुद नाफा गरेको छ। गत वर्ष कम्पनीले ८ करोड २ लाख रुपैया खुद नाफा गरेको थियो। खुद नाफा २५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी  ८ रुपैया ७२ पैसा छ।

कम्पनीले ५६ करोड ६८ लाख रुपैया खुद बीमा शुल्क आर्जन गरेको छ।  कम्पनीले गत वर्ष २ करोड ९२  लाख खुद बीमा शुल्क आर्जन गरेको थियो।    खुद बीमा शुल्क आर्जन १८३९ प्रतिशतले वृद्धि हुन् सफल भएको छ।

कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख रुपैया संचित छ भने जीवनबीमा कोषमा ४८ करोड २४ लाख रुपैया संचित छ।जगेडा कोषमा १२७ प्रतिशतको वृद्धि देखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार