IME Life
Beema Board

बीमा गर्नुभयो, बीमालेखको जतन गर्नुहोस्

SPIL
NIC ASIA

जनकपुरका राम बहादुर जोशीले १५ बर्षे जीवन बीमा योजना खरिद गरेका थिए । उनले ५ लाख रुपैयाँ बराबरको बीमा योजना लिएका थिए । १५ बर्ष पछि उनले कम्पनीमा आफनो बीमा रकम भुक्तानी लिन गए । भुक्तानी लिने समयमा कम्पनीले उनीसँग सक्कली बीमा योजना र उनी प्रमाणित हुने कागजपत्र (नागरिकता) माग्यो । उनले आवश्यक कागजात पनि बुझाए । तर, कम्पनीले उनलाई दाबी भुक्तानी गर्न मानेन । कारण उनको बीमा योजना उल्लेख गरिएको नाम र नागरिकताको नाम फरक थियो । उनले बीमा योजना खरिद गर्दा घरमा बोलाईने नाम लेखेका रहेछन् । जसका कारण कम्पनीले उनलाई भुक्तानी गर्न मानेन् ।

बाग्लुङ्गका नविल दाहालले १५ बर्ष अगाडी सावधिक जीवन बीमा खरिद गरेका थिए । उनले प्रत्येक बर्ष आफनो बीमाशुल्क भुक्तानी गर्दै गए । उनले तीन लाख रुपैयाँको बीमा गरेका थिए । १५ बर्ष पछि उनी कम्पनीमा दाबी भुक्तानी लिन गए । कम्पनीले उनीसँग बीमालेख माग्यो । तर, उनले बीमालेख हराएका थिए । त्यसैले कम्पनीमा बुझाउँन सकेनन् । जसका कारण उनले भुक्तानी पाउँन पनि सकेनन् ।

Prabhu
Crest

यि दुई वटा प्रतिनिधि घटना मात्रै हुन् । यस्ता खालका समस्या बजारमा धेरै भेटिन्छ । बीमा योजना च्यातिने, हराउँने, चोरी भएका घटना धेरै छन् । त्यस्तै बीमा योजना गलत जानकारी दिएका कारण पनि भुक्तानी पाउँन नपाईएका धेरै घटना छन् । त्यसैले बीमा योजना बिषयमा बीमित आफै सचेत हुनुपर्छ ।

बीमा भनेको दुई पक्ष बीचको सम्झौता हो

बीमा भनेको सुरक्षा हो । बीमा भनेको बीमित र बीमा कम्पनी बिच हुने एक करार पनि हो । करारमा बीमितले निश्चित समयसम्म बीमा योजना अनुसार निश्चित रकम कम्पनीलाई भुक्तान गर्छु भनी प्रतिबद्धता गरेको हुन्छ । त्यसैगरी बीमा कम्पनीले बीमितको मृत्यू भएको अवस्थामा वा दुर्घटना भएको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको हुन्छ ।

बीमा भनेको दुई पक्ष बीमाको कानुनी करार हो । त्यसैले बीमितले कम्पनीबाट दाबी भुक्तानी लिन चाहेको समयमा कम्पनीमा बीमा सक्कली बीमा योजना बुझाउँनुपर्छ ।

बीमा बीमालेखको जतन गर्नुपर्छ

बीमा कम्पनीमा दाबी भुक्तानी गर्दा सक्कली बीमालेख आवश्यक पर्छ । बीमालेख बिना कम्पनीले दाबी भुक्तानी गर्दैन । त्यसैले बीमा गरेपछि कम्पनीबाट प्राप्त हुने बीमालेखलाई सुरक्षित साथ राख्नुपर्छ । बीमालेखलाई जहाँ पायो त्यहि फाल्नु हुँदैन । जतन गरी राख्नु पर्छ । यदि दाबी परेको समयमा बीमालेख कम्पनीमा बुझाउँन सकिएन भने कम्पनी दाबी भुक्तानीको लागि बाध्य हुँदैन । त्यसैले यस बिषयमा बीमित चनाखो हुनुपर्छ ।

बैंकबाट होस वा अभिकर्ता मार्फत होस बीमा गरेपछि बीमालेख अफुले नै राख्नुपर्छ । यदि बीमालेख पाउँनु भएन भने माग्नु पर्छ ।

बीमा योजना खरिद गरेको बारेमा परिवारलाई जानकारी दिनुपर्छ ।

बीमा योजना खरिद गरेपछि परिवारलाई जानकारी दिनुपर्छ । तपाईले बीमा योजना खरिद गर्नु भयो र तपाईको दुर्घटना भयो भने तपाईले इच्छाएको व्यक्तिले दाबी भुक्तानी पाउँछ । त्यसैले परिवारलाई आफुले खरिद गरेको बीमा योजनाको बारेमा जानकारी दिनुपर्छ । बीमा योजना पनि देख्ने गरी राख्नु पर्छ ।

बीमा योजनाको सुविधाबारे जानकारी लिनुपर्छ

बीमा योजना खरिद गरेपछि त्यसबाट पाउँने सुविधाको बारेमा जानकारी लिनुपर्छ । अभिकर्ता वा कम्पनीसँग आफुले कुन कुन सुविधा पाउँने हो भन्ने कुराको विवरण लिनु पर्छ । बीमा योजना थप रकम भुक्तान गरी दुर्घटना, अशक्तताको लगाएतका सुविधा लिन सकिन्छ । त्यस बिषयमा पनि जानकारी लिनुपर्छ । दाबी गर्दा कस्तो प्रक्रिया अपनाउँनुपर्छ भन्ने बारेमा पनि जानकार हुनुपर्छ ।

बीमा गर्दा सत्य जानकारी दिनुपर्छ

बीमा गर्दा सधै सत्य जानकारी दिनुपर्छ । तपाईको नागरिकतामा भएको विवरण अनुसार नाम, ठेगाना, जन्म मिति, परिवारको जानकारी दिनुपर्छ । तपाईलाई रोग लागे नलागेको सम्पूर्ण सत्य जानकारी दिनुपर्छ । यदि तपाईले बीमा गर्दा दिएको जानकारी गलत भएमा दाबी परेको समयमा कम्पनीले दाबी भुक्तनी नगर्न सक्छ । त्यसैले बीमा गर्दा सत्य जानकारी दिनुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS