सिटिजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित इन्द्रकमला परियारको परिवारलाई बीमा वापतको रकम हस्तानतरण गरको छ । ।
मृतक बीमित इन्द्रकमलाले सीटीजन जीवन सारथी बीमा अन्तर्गत १ लाख ५० हजारको बीमा गराएकी थिइन् । १० वर्षे बीमा गरेकी बीमित इन्द्रकमलाको तीन महिना अघि मृत्यु भएको थियो । बीमा वापतको पहिलो किस्ता २१ हजार तिरेकी परियारको क्यान्सर रोगका कारण निधन भएको थियो । मृतकको परिवारले बीमा सम्झौता र इन्स्योरेन्सको नियम बमोजिम १ लाख ५० हजार रकम प्राप्त गरेको हो ।
इनरुवा शाखा प्रमुख सुरज काफ्लेले मृतकका पति लालबहादुर परियारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मृतकको घर पुगेर सीटीजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाका कर्मचारी सहितको टोलीले बीमा वापतको चेक इन्द्रकमलाका पति लालबहादुर परियारलाई हस्तान्तरण गरेको हो ।