साताको पहिलो दिन नेप्से ३१ दशमलव ८९ अङ्कले बढेर १२६४ दशमलव २० अङ्कमा बन्द भएको छ । लामो समय पछि कारोबार रकम पनि वृद्धि आएको छ । १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जिवन बीमा र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १४ करोड ८० लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नेपाल स्र्टानडर र्चाटर बैंकको सेयरमा ९ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बेष्ट फाइनान्स कम्पनीको शेयर ४ दशमलव १६ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमाको क्षेत्रमा हरीयाली आएको छ भने , निर्जिवन बीमामा भने गिरावट आएको छ ।