IME Life

साञ्जेन र रसुवागढीको आइपीओमा आवेदन खुल्यो

SPIL
NIC ASIA

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आइपीओ)मा आज (बैशाख ६) गतेदेखि आवेदन खुला भएको छ ।

आज देखि  आइपीओ निष्काशन भएका कम्पनीहरुको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था भएकोे छ ।

Prabhu
Crest

त्यस्तै, आवेदकले सान्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।

सान्जेन जलविधुत कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४५ ( २ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५५ (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सान्जेन जलविद्युत कम्पनीमा नागरिक लगानी कोषले बिक्री प्रबन्धकको काम गर्नेछ ।

त्यस्तै, रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ४५ (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५५ (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । यस्तै, कम्पनीले बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । रसुवागढीको आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

आज देखि बिक्री खुला भएका दुवै कम्पनीको आईपीओमा आवेदकले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS