नेसनल माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको जनाएको छ ।
नेसनलका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् । कम्पनीले मंसिर २८ गतेको वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले वितरण भएको हो । नेसनलको २५ बोनस सेयर नप्सेमा सूचीकरणसमेत भइसकेको छ ।
बोनस सेयर वितरणपछि नेसनलको चुक्ता पुँजी १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले उक्त साधारण सभाबाट १५५ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको थियो । नगद लाभांश भने यसअघि नै वितरण भइसकेको छ